ज्योती ग्रुप फुट्दै, माडवारीहरु इन्स्योरेन्स कम्पनीमा लगानी गर्दै



काठमाडौं : केही समयअघि सिंगापुरबाट नेपाल फर्कदै गर्दा व्यवसायी रुप ज्योतिलाई त्रिभुन अन्तराष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो । उनीहसँगै छोरी सुरुचि ज्योति पनि पक्राउ परेका थिए ।

उनलाई त्यसबेला ज्योतिले किनेको बाँसबारीस्थित ६ रोपनी ११ आना जग्गाको एउटा प्लटका कारण ठगी मुद्धा लागेको थियो । जसका कारण अनुसन्धानको लागि उनलाई पहरीले त्यसबेला पक्राउ गरेको थियो । त्यसैबेलादेखि दाजु पद्यमज्यातिसँग रुपज्योतिको सम्बन्धमा दरार उत्पन्न भएको बताईन्छ । दाजु पद्यज्योतिले भाईका कारण आफू पनि जेल जानुपर्ने अवस्था आउन सक्ने भन्दै भाइसँग अलग हुने निर्णय गरेको बताईन्छ ।

उनीहरुले हिमालयन बैंकमा रहेको शेयर पनि बाँडफाँड गरिसकेका छन् । उनीहरुले संचालन गरेको हिमालयन बैंकको संस्थापक सेयरको बाँडफाँटले नेपालको सबैभन्दा पुरानो घराना ज्योति समूहको अंशबण्डा औपचारिक रुपमै सुरू भएको देखिन्छ । मणिहर्ष ज्योति कंसाकारले १९४० मा यो समूह स्थापना गरेका थिए । ती दुई दाजुभाईको तकरावले गर्दा अहिले व्यवसायलाई अलग बाटोमा लगेको छ ।

सगोलमा चलिरहेको हिरो र होण्डा वाइक भारतमै छुट्टिएपछि नेपालमा पनि छुट्टै कम्पनी स्थापना गरेर कारोबार गर्नुपर्ने बाध्यताले मात्रै फरक फरक बनाउनुपरेको थियो । तर हिमाल आइरन एण्ड स्टील, हिमाल वायर, ज्योति स्पिनिङ लगायतका कम्पनी संयुक्त रुपमै संचालित थिए। स्रोतका अनुसार अब यी सबै कम्पनीको बाँडफाँट गरिने बताईएको छ । उनीहरको सयुक्त रुपमा रहेको कतिपय जग्गाजमिनको बाँडफाँड सुरु भइसकेको बताईन्छ ।

अंशबण्डा अनुसार स्याकारबाट भाजुरत्न र स्याकार ट्रेडिङ कम्पनीमा सेयर हस्तान्तरण भएको छ। भाजुरत्न भाइ रूप ज्योतिको कम्पनी हो भने स्याकार ट्रेडिङ छोरा सौरभको नाममा छ। स्याकार ट्रेडिङले होन्डा बाइक र होन्डा गाडी बिक्री गर्छ।

उता धेरैजसो मारवाडी समुदयहरुले निर्जीवन विमामा हात हाल्नुको रहस्य आफै उद्योगमा आगो लगाएर विमा बापतको रकम हजम गर्ने प्रवृत्तिको पर्दापाँस भएको छ । विमा कम्पनीको नाममा हुने गरेको यो डरलाग्दो तथ्य ठूला व्यापारिक घराना मारवाडी समुदायहरु विमा कम्पनीमा मरिहत्ते गरेर लाग्नुले पुष्टी गर्छ । अर्बपति विनोद चौधरी देखि राजेन्द्र खेतानसम्म, पशुपति मुरारका देखि पवनकुमार वंसलसम्म विमा कम्पनीमा जोडिएका छन् । उनीहरुको दाउ नै विमाका नाममा आफ्नो कम्पनीको फाईदा उठाउनु रहेको बताईन्छ ।

केही वर्ष पहिलो चौधरीको सिजी इलेक्ट्रोनिक्समा केही आगो लाँगयो । त्यसबापत युनाइटेड इन्स्योरेन्सबाट ३४ करोडभन्दा बढी बिमा रकम लिएका थिए । आफै कम्पनीका आगो लगाउँदै विमा रकम दाबी गर्दै विमाका नाममा रहम लिने काईदाको विजनेश देखिन्छ अहिले ठूला घरानाका व्यापारीहरुमा । राजेन्द्र खेतानले मायोज चाउचाउमा आगो लाग्दा आफ्नै लगानी रहेको एभरेष्ट इन्स्योरेन्सबाट दुई करोडभन्दा बढी भुक्तानी लिएका थिए ।

चौधरी युनाइटेड इन्स्योरेन्स र राजेन्द्र खेतानले एभरेष्ट इन्स्योरेन्समा लगानी गरेका छन् । उनहरुले त्यही कम्पनीमार्फत विमा रकम अशुलउपर गर्दै आएका छन् । पिपी अग्रवालले प्राइम इन्स्योरेन्समा लगानी गरेको छन् । प्राईममा रतनलाल संघाई र मधुसुदन अग्रवालहरूको पनि हिस्सा रहेको बताईन्छ ।

उता नेपाल लाइफमा पुरुषोत्तम र गोविन्दलाल संघाई लगानीकर्ता रहेका छन् । त्यसैगरी शेखर गोल्छासँगै सुलभ अग्रवाल र सन्दीप अग्रवालहरूले युनियन लाइफ इन्स्योरेन्समा लगानी गरेका छन् । यस्तै रविकुमार टिवडेवाल, ताराचन्द्र खेतानहरूले महालक्ष्मी लाइफ इन्स्योरेन्समा लगानी रहेको छ ।

पवन अग्रवालहरूले रिलायबल ईन्स्योरेन्समा लगानी गरेका छन् । रिलायन्स लाइफ इन्स्योरेन्समा मनोज केडिया, पवन अग्रवाल, जगदीश अग्रवालहरूको लगानी रहेको छ–। यस्तै व्यवसायी वीरेन्द्र महतोको सन लाइफ इन्स्योरेन्समा लगानी रहेकको छ ।

त्यसमा अनुज कयालदेखि नारायण रुंगटा, सशांक अग्रवाल, प्रमोद अग्रवाल, पवनकुमार वंसलसम्मको साझेदारी रहेको बताईन्छ । उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका अध्यक्ष पशुपति मुरारकाहरूले सिटिजन्स लाइफ इन्स्योरेन्समा लगानी रहेको छ । उद्योग राज्यमन्त्री मोतीलाल दुगड पनि इन्स्योरेन्स कम्पनीका मालिक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्