गाउँपालिकाका अध्यक्षविरुद्ध कुटपिट र मानसिको मुद्दा दर्ता



दैलेख : जिल्लाको नौमूले गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरले आफूलाई कुटपिट र मानसिक यातना दिएको भन्दै उनकी पत्नी ४२ वर्षीया दिलमाया बुढाले जिल्ला अदालत दैलेखमा बिहीबार घरेलु हिंसा मुद्दा दर्ता गराएकी छन्। 

 

नौमूले गाउँपालिका ३ द्वारी घर भएका नौमूले गाउँपालिकाका निर्वाचित अध्यक्ष ४३ वर्षीय मगरले आफूमाथि पुस ११ गते कुटपिट गरेको भन्दै दिइएको उजुरीमा उल्लेख गरिएको छ।

 

उता गाउँपालिकाका अध्यक्ष मगरले कोही अरुले उचालेको र कसैको लहलहैमा लागेर उजुरी पर्‍यो होला कानुनी प्रक्रियामा गएकोले हिंसा भए नभएको अदालतले बताउने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्