गण्डकी प्रदेशमा नारायणकाजी श्रेष्ठ विजयी



कास्की : राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा नेकपाका नारायणकाजी श्रेष्ठ विजयी भएका छन् ।

उनले नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई १२१८ मतान्तरले जितेका हुन् ।

बिहीबार भएको मतदानमा श्रेष्ठले ३४६२ मत प्राप्त गरेका थिए भने रेग्मीले २२४४ मत पाएका छन् ।

यसैगरी, गण्डकी प्रदेशको महिला तर्फपनि नेकपाकै भगवती न्यौपाने विजयी बनेकी छन् । उनले ३३६६ मत प्राप्त गरेकी छन् । काँग्रेसकी विमला गौचनले २३४० मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्