कर्णालीलार्इ मगन्ते बनाइयाे : मुख्यमन्त्री शाही



जुम्ला :  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आत्मनिर्भर कर्णालीलाई परनिर्भर बनाइएको बताएका छन् ।

 

कर्णालीका स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । ‘आर्थिक, भौगोलिक र प्राकृतिक रूपमा केन्द्रविन्दु रहेको कर्णाली उतिबेला नुनबाहेक सबै कुरामा आत्मनिर्भर थियो’, मुख्यमन्त्री शाहीले भने, ‘आज विभिन्न सहयोगका नाममा कर्णालीलाई मगन्ते बनाइएको छ ।’ 

 

साझेदार संस्थाहरूबाट उत्पादन बढाउनेभन्दा पनि आशामा बाँच्ने खालका कार्यक्रम सञ्चालन गरिँदा, भ्रष्टाचार र दलाल संस्कृतिको विकास भएकाले कर्णाली परनिर्भर बनेको उले आरोप लगाए । उनले थपे, ‘गैसस र भ्रष्टाचारलाई नियन्त्रण सके मुलुकको समृद्धि र विकासको सपना पूरा हुन्छ ।’ 

 

फरक प्रसंगमा उनले चीन भ्रमण तथा अन्य अन्तर्राष्ट्रिय लगानीकर्तासँग भएको समझदारीअनुसार कर्णालीको सडक र विद्युत् निर्माण कार्यलाई प्राथमिकतामा राखिएको उल्लेख गरे ।  

 

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेश विकासको ऐतिहासिक संकल्प पूरा गर्न लिएको जिम्मेवारीअनुसार कर्णालीको परिचय बदल्ने प्रतिबद्धता व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस्