राष्ट्रियसभा : महिलामा प्रदेश ५ बाट घिमिरे निर्वाचित



दाङ : राष्ट्रियसभा सदस्यको प्रदेश नं ५ को महिला सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की विमला घिमिरे निर्वाचित भएकी छिन् ।

आज मतदान भई भर्खरै सार्वजनिक भएको मतपरिणामानुसार घिमिरे निर्वााचित भएकी हुन् ।

उनी पाँच हजार ७२८ मत ल्याएर विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गिरिजादेवी न्यौपानेले दुई हजार १०० मत ल्याएकी छिन् । महिलाका पाँच मत बदर भएका छन् । अपाङ्गता र खुलाको मतगणना घोराही जिल्ला समन्वय समितिको कार्यालयमा जारी छ ।

प्रतिक्रिया दिनुहोस्