नेपाल सिधै विश्वकपको ग्लोबल छनोटमा



काठमाडौं : सन् २०२१ मा भारतमा हुने टि ट्वान्टी विश्वकपको लागि नेपाल सिधै ग्लोबल छनोटमा पुगेको छ । यसअघिको नेपालले एसिया रिजन बी र एसिया टि ट्वान्टी क्वालिफयार खेल्नु पथ्र्यो।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै नेपालसंगै जिम्बाबे, हङकङ र युएईले सिधै ग्लोबल छनोटमा स्थान बनाएको जनाएको छ। ग्लोबल छनोटमा १६ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।

ग्लोबल छनोट ८/८ राष्ट्रको विभाजन गरी सन् २०२१ को मार्च देखि जुलाईसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्