प्रदेश दुईको राष्ट्रियसभा निर्वाचन : चारवटै सीटमा नेकपा राजपा गठबन्धनको कब्जा



जनकपुरधाम : प्रदेश दुईमा भएको राष्टियसभा निर्वाचनमा नेकपा राजपा गठबन्धनको बर्चस्वता देखिएको छ । निर्वाचनमा नेकपा राजपा गठबन्धनका उम्मेदवारहरुले प्रदेश दुईको चारवटै सीटमा विजयी हाशिल गरेका हुन् ।

नेकपा राजपा गठबन्धनबाट अन्य तर्फ मृगेन्द सिंह, महिलातर्फ तुलसा दहाल, दलित उम्मेदवार राधेश्याम पासवान र अल्पसंख्यक तर्फ शेखर सिंह विजयी भएका हुन् । राजपाबाट खुल्ला तर्फ उम्मेदवारी दिएका मृगेन्द्र सिंहले आफ्नै भाई समाजवादी पार्टीका उम्मेदवार अनिरुद्ध सिंहलाई पराजित गरेका छन् ।

राजपाका उम्मेदवार मृगेन्द्रले ५ हजार ४ सय मतभार ल्याएका छन् भने अनिरुद्धले ४ हजार ५ सय १२ मतभार ल्याएका छन् । त्यस्तै नेकपाका दलित उम्मेदवार राधेश्याम पासवानले समाजवादी पार्टीका दलित उम्मेदवार रामपृत पासवानलाई पराजित गरेका हुन् ।

नेकपाका राधेश्यामले ५ हजार २ सय ९२ मत ल्याएका छन् भने समाजवादीका रामपृतले ४ हजार ७ सय ४ मत ल्याएका छन् । नेकपाबाट महिला उम्मेदवार बनेकी तुलसा दहाल विजयी भएकी हुन् । नेकपाबाट उम्मेदवार बनेकी दाहालले नेपाली कांग्रेसकी नगिना यादवलाई पराजित गरेकी हुन् ।

दाहालले कुल ५२०८ मतभार प्राप्त गरेकी छन् भने कांग्रेसकी यादवले ४६४० मतभार प्राप्त गरिन् ।
यता नेकपा राजपा गठबन्धनबाट अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका शेखर सिंह विजयी भएका छन् ।

उनले नेपाली कांग्रेस र समाजवादी पार्टीको गठबन्धनबाट उम्मेदवारी दिएका भोला पजियारलाई पराजित गरेका हुन । सिंहले ५ हजार ५ सय २ मतभार ल्याएका छन् भने पजियारले ४ हजार ५ सय १२ मतभार ल्याए ।

प्रतिक्रिया दिनुहोस्