हेल्प नेपाल र एपिएफ उपाधिका लागि भिड्ने



काठमाडौं : पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला–पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधिका लागि हेल्प नेपाल स्पोर्टस क्लब र नेपाल एपिएफ क्लब भिड्ने भएका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा आज भएको सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपालले पुलिससँगको फाइनल भेट पक्का गरेको हो ।

हेल्प नेपालले पुलिसलाई २५–२१,२५–१६ र २५–१५ ले हराएको हो । त्यसअघि दुवैतर्फको तेस्रो स्थानको खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्