वीरगन्जमा दोस्रो प्रदेशस्तरीय क्यान इनफोटेक मेला



वीरगन्ज : नेपालमा सूचना प्रविधि विकास, प्रवर्द्धन र सुधारका लागि विगत १ दशकभन्दा बढी समयदेखि काम गर्दै आएको आईटि व्यवसायीहरुको छाता संगठन क्यान महासंघ पर्साले वीरगंजमा दोश्रो प्रदेश स्तरीय क्यान इन्फोटेक मेलाको आयोजना गरेको छ ।

क्यान प्रदेश नं. २ को संयोजन र क्यान महासंघको संरक्षणमा माघ ९ गते देखि १३ गते सम्म क्यान इन्फोटेक मेला २०२० वीरगंजको नगर सभागृह (टाउन हल) मा शुरु गरेको हो ।

पूर्व राष्ट्रपति डा. रामबरण यादवले बिहिबार एक कार्यक्रमकाबीच मेलाको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान सूचना प्रविधिको युगमा यसको विकास, प्रवद्र्धधन र सुधारका लागि क्यानको कदम सह्रानीय रहेको बताए ।

प्रविधि विकाससँगै भित्रिएको विकृतिलाई भने आइटी क्षेत्रमा लागिरहेका सबैले न्यूनिकरण गर्न अग्रसर हुनु पर्ने उनको सुझाव पनि थियो ।
कार्यक्रममा वीरगन्जमा प्रविधिमैत्री वातारण सृजनाका लागि क्यानले दोस्रो पटक प्रदेश २ स्तरीय मेला वीरगन्जमा गरेको आयोजक क्यान इन्फोटेक महासंघका केन्द्रिय अध्यक्ष नवराज कुँवरले बताए ।

२७ बर्ष अगाडी स्थापना भएको क्यानलाई पछिल्लो मुलुकको संरचना अनुसार हरेक जिल्ला र गाउँसम्म विस्तार गरी सूचना प्रविधिको युगमा सहज ढंगले कार्य उपलब्धि हासिल गराउने तर्फ क्यान अगाडी बढेको उनको दावी छ ।

नेपालमा रहेर सूचना प्रविधि क्षेत्रमा काम गर्नेहरुको कुम्भ मेला पनि भनिने क्यान इन्फोटेक वीरगंजमा यस पटक आईटीसंग सम्बन्धित विभिन्न ६० वटा स्टल राखिएको क्यान पर्साका अध्यक्ष दिपक साहले बताए ।

प्रभु पे मुख्य प्रायोजक रहेको क्यान इन्फोटेक २०२० वीरगंजमा विभिन्न छुट समेतको व्यवस्था गरिएको छ । क्यान इन्फोटेकमा प्रभु पे एप मार्फत टिकट खरिद गर्दा कटेको टिकेटको पुरा रकम एप मार्फत फिर्ता आउँने आयोजकहरुले बताए ।

मेलाको मुख्य आकर्षणमा रोबोट प्रतियोगिता, आईटि म्युजियम, आईसीटि छात्रवृति, छुट दरमा विभिन्न उपकरणलगयात रहेका छन् ।

पाँच दिन सम्म चल्ने क्यान इन्फोटेक २०२० वीरगंजमा हरेक दिन विभिन् विषयमा जानकारी मुलक सेमिनार, अभिमुखीकरण, प्यानल छलफल र प्रदर्शनी समेत लाग्ने क्यान पर्साका अध्यक्ष साहले बताए । त्यसैगरी स्कुल, कलेज र आईटि अध्यनरत विद्यार्थीहरुका लागि पनि छुट्टै छुट्टै सेमिनारको व्यस्था गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्