वीरगन्जमा प्रदेशस्तरीय जुत्ताचप्पल व्यापार मेला शुरु



वीरगन्ज : प्रदेश स्तरीय जुत्ताचप्पल व्यापार मेला आजदेखि वीरगन्जमा शुरु भएको छ ।

नेपाली जुत्ताघरले वीरगन्जको घण्टाघर नजिक रहेको विपी उद्यानको खाली जग्गामा आयोजना गरेको महोत्वसको एक कार्यक्रमकाबीच बिहिबार वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले उद्घाटन गरे ।

महोत्सवको उद्घाटन गर्दै मेयर सरावगीले स्वदेशी कम्पनीले उत्पादन गरेको जुत्ताचप्पल गुणस्तरिय रहेकोले यसलाई प्रोत्साहन गर्न वीरगन्जवासीमा आग्रह गरे ।

कार्यक्रममा नेपाल जुत्ताघर परिवारका होमनाथ उपाध्यायले स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियानको मुल नारा दिएर देशको हरेक प्रदेशमा जुत्ताचप्पल महोत्सवको आयोजना गर्न लागिएको छ ।

व्यापार मेलामा स्वदेशी ७ वटा कम्पनीका ४० वटा स्टल मार्फत विभिन्न ३ हजार मोटेलका जुत्ताचप्पलहरु प्रदर्शनी तथा विक्रीमा राखिएको उनले बताए ।

जुत्ताचप्पल मेलामा शिखर शूज, रन शूज, बिएफ डियर हिल, कोशेली छाला जुत्ता, हाइलाइफ, शु ल्याण्ड र क्रस रोड स्वदेशी कम्पनीका जुत्ताचप्पलका स्टलहरु राखिएको छ, हरेक जुत्ताचप्पलको खरीदमा १५ देखि ५० प्रतिशतसम्मको छुटको व्यवस्था समेत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्