सिद्धबाबा मुद्दाको सुनुवाइ चलिरहँदा किन गए भारत ?



मोरङ : जबरजस्ती करणीको मुद्दा खेपिरहेका सुनसरीको चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी फरार भएका छन् ।

बिहीबार विराटनगरस्थित उच्च अदालतमा बलात्कार आरोपी गिरीको मुद्दाको सुनुवाइ चलिरहँदा भारततर्फ भएका हुन् ।

विराटनगरको सीमावर्ती नाका जोगबनी पुगेपछि नीजि सुरक्षाकर्मीलाई छलेर उनी भागेका थिए । सुनसरीको चतराबाट उच्च अदालतका लागि हिँडेका उनी ग १ च ८१५७ नम्बरको गाडी चढेर भारततर्फ लागेको स्रोतले बनताएको छ ।

अदालत नपुगी दिउँसो १ बजे सिधै जोगबनीतर्फ लागेका उनी निकटस्थका अनुसार स्वास्थ्य उपचारका लागि भारत गएको बताएका छन् ।

गिरीमाथि आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेको थियो । उनीविरुद्ध मंसिर १६ गते जिल्ला प्रहरी सुनसरीले गिरीलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्