धनगढीमा महिलाहरुलाई आत्मरक्षा सम्बन्धि तालिम सुरु 



 कैलाली: शनिबारदेखि महिलाहरुका लागि आत्मरक्षा शिविरको सुरु भएको छ । आयोजक राष्ट्रिय गोजुरियो कराते दो सङ्घको आयोजनामा महिलाहरूका लागि ७ दिने शिविरको आयोजना गरिएको हो । शिविरको शनिवार विहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे ।

 

महिलामाथि हुने हिंसा, बलात्कार लगायतका घटना न्यूनिकरणकमा शिविरले सहयोग पुग्ने अपेक्षा गरिएको छ । शिविरमा एक हजार महिलाहरुलाई आत्मरक्षा सम्बन्धि तालिम प्रदान गरिने आयोजको लक्ष्य भए पनि तालीममा सहभागी हुनका लागि भने एक हजार ७ सय जना सहभागी रहेका छन् । 

 

सहभागी महिलाबाट उत्कृष्ट एक सय जनालाई प्रशिक्षकको रूपमा छनौट गरिने र उनीहरूले सम्बन्धित स्थानीय तहको सहकार्यमा प्रत्येक स्थानीय तहमा शिविर सञ्चालन गर्नेछन् । सुदूरपश्चिम प्रदेशबाट सुरु गरिने महिलाका लागि आत्मरक्षा सम्बन्धी शिविर प्रदेश एकको बिर्तामोडमा समापन गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्