यी बाघ जस्ता एसपी जस्ले सांसद मनाङेलाई यसरी च्याप्प समाए



पोखरा : गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मानाङे हिजो(बिहिबार) पोखराको लेकसाईडबाट पक्राउ परे । उनको विरुद्ध एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई गत मुक्का हानेको विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीमा ’अभद्र व्यबहार तथा कुटपिट’ कसुरमा जाहेरी दर्ता परेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्याालय कास्कीले जिल्ला प्रशासन कार्यालयसँग पक्राउ अनुमति मोगेको थियो । जिल्ला प्रशासन कार्यालयबाट पक्राउ अनुमति पाएपछि प्रदेशसभा सदस्य मनाङेलाई पक्राउ गरिएको थियो ।

यसरी प्रदेशसभा सदस्यलाई पक्राउ गर्न महत्वपूर्ण रोल खेलेका थिए जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी दानबहादुर कार्कीले । उत्कृष्ट प्रहरी अधिकारीको छबी बनाएका एसपी कार्की कास्की जिल्लाको कमाण्ड सम्हालेदेखि त्यहाँ हुने अवैधानिक कृयाकलाप मथ्थर हुँदै गएको छ । त्यहाँ गुण्डागर्दी गर्ने ‘डन’हरुको नाम निशाना भेटिदैन । कुनै समय ‘डन’हरुको दबदबा रहेको पोखरा अहिले शान्त रहेको छ ।

उनी कास्कीमा आएपछि ‘बाघ’ जस्ता एसपी उपनामले समेत चिनिन थालेका छन् । उनी जहाँ गयो त्यही आफ्नो कौशलताका कारण प्रशंसा बटुल्दै आएका प्रहरी अधिकारी हुन । ‘क्विक’ डिसिजन गर्न सक्ने र ‘रेस्पोन्सिबल’ ड्युटी अफिसरका रुपमा आफ्नो पहिचान बनाउन सफल एसपी कार्कीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीकै सांसदलाई पक्राउ गरेपछि चौतर्फी तारिफ भएको छ । राजनीतिक आडमा हुने गरेका यस्ता अपराधिक कृयाकलापलाई निरुत्साहित पार्नको लागि उनले उठाएको कदम कम चानचुने होईन भन्ने कुरा यसले पनि प्रकाणित गरेको छ ।

पूर्व ‘डन’का रुपमा परिचित प्रदेशसभा सदस्य राजिब गुरुङ अर्थात दीपक मनाङेलाई पक्राउ गर्नु कम आँटले पुग्ने कुरा होईन । त्यसमाथि सत्तारुढ दलकै सांसदलाई आट्नु आफैमा साहस चाहिन्छ । एसपी कार्कीले देखाएको यो साहसलाई मान्नैपर्ने प्रहरी अधिकारीहरु बताउँछन् ।
प्रहरीबाट बच्नको लागि लेकसाइडस्थित नौ नम्बर स्ट्रीटको होटेल प्याराडाईज इनमा पुगेर कोठा नम्बर २०४ मा बसेका मनाङेलाई पक्राउ गर्न अनुमति पाएको केही समयमा नै पक्राउ गरिएको थियो । प्रदेशसभा सदस्य मनाङेको रेकी पहिलेदेखि नै प्रहरीले गर्दै आएको थियो । एसपी कार्कीले उनको सुराकीको लागि सादा पोसाकका प्रहरी बुधबारदेखि नै सादा पोशाकमा प्रहरी खटाएका थिए ।

जसअनुसार पक्राउ गर्न अनुमति पाउनासाथ प्रहरीले पक्राउ गर्न सफल भएको थियो । लुक्न गएको होटेलबाटै कास्की प्रहरीको विशेष टोलीले नियन्त्रणमा लिएपछि होटेल मालिकले अचम्मित हुँदै प्रहरीलाई भर्खरै लुक्न आउनुभएको थियो तपाईंहरुले कति छिटो थाहा पाउनुभएछ भनेका थिए ।

प्रहरीले नियन्त्रणमा लिएका सांसद मनाङ्गे अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनलाई थप अनुसन्धानको लागि आज (शुक्रवार) म्याद लिन जिल्ला प्रशासन कार्यालय कास्कीमा पेश गर्ने प्रहरीले तयारी गरेको छ । प्रदेशसभा सदस्य मनाङेले बुधबार पत्रकार सम्मेलन गरेर गण्डकी प्रदेश एन्फाका अध्यक्ष गुरुङलाई आफूले हातपात र कुुटपिुट गरेको स्वीकार गरेका थिए ।

उनले त्यसबेला गोली हानुपर्ने मान्छेलाई आफुले झापड मात्रै हानेको र आफुले एकदम सहि काम गरेको दावी गर्दै कानुनी राज्यलाई नै चुनौती दिएका थिए । मनाङेले दिएको चुनौतीको २४ घण्टाभित्रै कास्की प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट इन्स्पेक्टर दीपक केसीको नेतृत्वमा खटिएको विशेष टोलीले उनलाई कोठाबाटै नियन्त्रणमा लिएको थियो।

घटना विवरण अनुसार गत मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष गुरुङलाई सार्वजनिक स्थलमै झापड हानेका थिए । मंगलबार लेखनाथको भण्डारी ढीकस्थित खेल मैदानमा आयोजित गण्डकी प्रदेश लिग मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहमै सांसद गुरुङले एन्फा कास्की अध्यक्ष गुरुङमाथि तीन मुक्का प्रहार गरेका थिए । उनीमाथि हिजो बिहिबार जाहेरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्