थाईल्याण्डमा ज्योमो गाङ फिल्म अवार्ड कार्यक्रम सम्पन्न



नेपालको आदिबासी जनजाति चलचित्रको प्रबद्र्धन गर्ने उदेश्यले थाईल्याण्डमा गत बुधबार साँझ ‘ज्योमो गाङ’ फिल्म अवार्ड कार्यक्रम सम्पन्न भएको छ । ‘नेपाल भ्रमण बर्ष २०२०’ लाई लक्षित गरी बिश्वकै एक आकर्षक पर्यटकिय गन्तब्य रहेको मुलुक थाईल्याण्डमा हुकुम मल्टिमिडिया प्रा. लि ले अवार्ड कार्यक्रमकोे आयोजना गरेको हो ।

द सिसन होटल पटैयामा सम्पन्न अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिति आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुबारले नेपालको मौलिकपन आदिबासी जनजाति चलचित्रमा रहेको हुदाँ देश बिदेशमा आदिबासी जनजाति चलचित्रलाई प्रबद्र्धन गर्ने यस्ता प्रकृतीको कार्यक्रमहरु आयोजना हुनु आवश्यक रहेको बताए । साथै आदिबासी जनजाति चलचित्रले नेपालको पर्यटन प्रबद्र्धनमा बिशेष योगदान पु-याउने बिस्वास ब्यक्त गरे ।

हुकुम मल्टिमिडिया प्रा.लिको अध्यक्ष डि. बि. बम्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, युरो एसिया ग्लोबलका प्रबन्ध निर्देशक सुमन अधिकारी, आदिबासी जनजाति चलचित्र महासंघका महासचिव पुर्खाजित राई लगाएत बिभिन्न क्षेत्रका व्यत्तित्व र चलचित्रकर्मीहरुको उपस्थिती रहेको थियो ।

ज्योतिराज राई, पुस्कर लामा र छुल्ठिम गुरुङ रहेको निर्णायक समितिबाट छनौट गरिएको उत्कृष्ट चलचित्रमा ‘खै ओ मिथेबा’, उत्कृष्ट निर्देशकमा चलचित्र भेडी गोठालेबाट गणेश गुरुङ(सुबास), उत्कृष्ट अभिनेतामा चलचित्र देन्बा मायाबाट अमिर दोङ, उत्कृष्ट अभिनेत्रीमा चलचित्र छार ग्यालामबाट सुनिता लुम्बा, उत्कृष्ट खलपात्रमा चलचित्र ल्हुइ ह्रो बाट ध्रुबबाट सिंह तामाङ, उत्कृट नब अभिनेतामा चलचित्र मोङा डोङा २ बाट यमन माझी, उत्कृष्ट नब अभिनेत्रीमा चलचित्र यारीबाट ज्योती राई, सह अभिनेतामा चलचित्र घ्रानबाट राम घिसिङ, उत्कृष्ट सह अभिनेत्रीमा चलचित्र ल्हुई ह्रोबाट सन्च कुमारी तामाङ, उत्कृष्ट नव निर्देशकमा चलचित्र मारक्युबाट दिनेश गुरुङ, उत्कृष्ट सम्पादनमा चलचित्र निप्हुगालबाट सर्बमान शाक्य, उत्कृष्ट लेखनमा चलचित्र कर्मक्याबाट शंकर गुरुङ (बतासे), उत्कृष्ट छाँयाङ्कनमा चलचित्र स्वयनगुः बाट लुःजः सिं, उत्कृष्ट द्धन्द निर्देशकमा चलचित्र बज्रबाट सुरज श्रेष्ठ, उत्कृष्ट पार्श संगितमा चलचित्र म्ये क्युबाट शिब सुनुवार मुखिया र उत्कृष्ट बाल कलाकारमा चलचित्र क्युईबाट कुङगा छ्योइङ स्याङतान तामाङलाई अवार्ड प्रदान गरिएको थियो ।

साथै बेष्ट पपुलर अभिनेतामा सबिन श्रेष्ठ र नव प्रतिभा पुरस्कार रिया गुरुङलाई प्रदान गरिएको थियो । चलचित्र बिकास बोर्ड र आदिबासी जनजाति चलचित्र महासंघको सहकार्य रहेको कार्यक्रमलाई मरिण गाँउपालिका सिन्धुली, राईडर सेवा प्रा. लि.को सहयोग रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्