पर्साको कालिकामाइमा निर्माण भएको २ दिनमै सडक भत्कियो



वीरगन्ज : पर्साको कालिकामाई गाउँपालिका वडा नं. २ गदियानीमा भएको सडक ढलान ३ दिन नवित्दै भत्किन थालेका छन् । उपभोक्ता समिति मार्फत निर्माण भएको स्थानिय रामबाबु साहको घर देखी लालबाबु साहको गोठ सम्मको सडक ढलान भत्कन थालेको हो ।

गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको नजिकको मान्छेहरु रहेको उपभोक्ता समितिले कमसल सामग्री प्रयोग गरि सडक ढलान गरेका कारण ३ दिन नवित्दै भत्कन थालेको स्थानियहरुले वताएका छन् । सडक ढलानको समयमा मापदण्ड अनुसार डण्डी, सिमेन्ट प्रयोग नभएका कारण ढलान गरिएको सडक भत्कन थालेको स्थानिय भुषण साहले वताए ।

गत बुधबार राती उपभोक्ता समितिले सडक ढालन गर्दै गर्दा नै स्थानियहरुले रोक्न खोजेका थिए । सडकको गुणस्तरीय बारे प्रश्न गर्दा उपभोक्ता समितीले गैर जिम्मेवारीपुर्ण जवाफ फर्काएको स्थानियले गुनासो गरेका छन ।

स्थानियहरुले उपभोक्ता समिति संग कमसल सामग्री प्रयोग बारे प्रश्न गर्दा समितिको जिम्मेवार ब्यक्तिले गैरजिम्मेवारीपुर्णले जवाफ दिदै आफुले कमिशन दिएर काम गरि रहेका छौ, बजेटको २० प्रतिशत पहिलानै कमिशन बारे सहमती गरेर काम दिएको छ कहाँ बाट गुणस्तरीय काम गरौ । समितिले जवाफ सुनेपछी स्थानिय आश्चर्यमा परेका थिए ।

स्थानिय प्रत्यक्षदर्शीका अनुसार सडक ढलान गर्ने समयमा २५र१ को मसाल प्रयोग गरिएको थियो ।

गाउँपालिकाको रु १० लाखको बजेट रहेको योजना अन्तर्गत निर्माण भएको सडक त्यसको २ दिन पछि नै भत्कन थालेको हो ।

उपभोक्ता समितिले सो योजनाको काम गराउनको लागि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई दिनु पर्ने २० प्रतिशत कमिशन मध्ये १० प्रतिशत पहिला नै दिइसकेका छन् । वाकी १० प्रतिशत रकम योजनाको निकास भए पछि दिने कुरा रहेको बुझिएको छ ।

यस बिषयमा बुझ्न गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साह संग सम्पर्क गर्न खोज्दा उनले प्रयोग गर्ने मोबाइल नं.९८५५०११११८ अफ भएका कारण सम्पर्क हुन सकेन ।

गाउँपालिका अध्यक्ष कुशवाहाले सडक ढलानमा कमसल सामग्री प्रयोग भएको स्विकार गरे । उनले भने –‘मलाई पनि थाह छ, सडक ढलान राम्रो भएको छैन । सडक ढलान गर्ने उपभोक्ता समितिले पुनःसडक ढलान गर्छन’ उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्