नेपालकै पहिलो नमुना त्रिकोणात्मक झेलुङ्गे पुल निर्माण कार्यमा ढिलाइ



काठमाडौँ: नेपालकै पहिलो नमुना त्रिकोणात्मक झेलुङ्गे पुल निर्माण कार्यमा ढिलाइ भएको छ । धार्मिक एवं पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको तीन जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माणमा ढिलाइ भएको हो ।

गत २०७१ सालमा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयसँग निर्माण कम्पनीले तीन वर्षभित्र झोलुङ्गे पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो । तर चार वर्ष बितिसक्दा समेत पुल निर्माण हुन सकेको छैन ।

पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रिडीमा निर्माणाधिन त्रिकोणात्मक झोलुङ्गे पुल निर्माणको कार्यले गति नदिएकोप्रति स्थानीयले चिन्ता व्यक्त गरेका छन् । दुई नदीको संगमस्थल, रिडी खोला र कालीगण्डकीको संगमस्थलमा पुल निर्माण हुँदा तीन जिल्लाका बासिन्दालाई आवतजावत गर्न सहज हुनुका साथै पर्यकीय गन्तव्यका रुपमा समेत विकास गर्ने लक्ष्य सरकारले लिएको नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्