११ वर्षिय बालक झुण्डिएकाे अवस्थामा फेला



बझाङ : बझाङकाे खप्तड छान्ना गाउँपालिकामा एक बालक झुण्डिएकाे अवस्थामा फेला परेका छन् । शुक्रबार दिउँसाे ३ बजेर ३० मा बाङ्गापाटाका बालक प्रकाश जाेशी नाम्लाेमा झुण्डिएकाे अवस्थामा मृत फेला परेका हुन् ।

 

जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी प्रवीण धितालका अनुसार स्थानियले ३ बजेर ३० मा फेला पारेका तर प्रहरीलार्इ ६ बजेर ३० मिनेटमा खबर प्राप्त भएकाे थियाे । खप्तड छान्ना गाउँपालिका वडा-२ साविककाे लामाताेला बाङ्गापाटाका घर भएका उनी घर घर नजिकैकाे भिमलकाे रुखमा नाम्लाेमा झुण्डिएकाे अवस्थामा फेला परेका हुन् ।

 

प्रहरीका अनुसार उनले अात्महत्या गरेकाे देखिन्छ तर पाेष्टमार्टमकाे रिपाेर्ट नअाएकाले अहिले यकिन कारण खुलाउन सकिने अवस्था छैन । उनीसँगै रहेका उनका दार्इ पनि बेहाेस् अवस्थामा भएकाले कारण खुल्न सकेकाे छैन । उनकाे शव पाेष्टमार्टमका लागि जिल्ला अस्पताल बझाङमा राखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्