मनाङेको मुक्का खाने गुरुङ पक्राउ



पोखरा : गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङेविरुद्ध मुद्दा दायर गर्ने मिलन गुरुङ पक्राउ परेका छन् । शुक्रबार कास्की फुटबल संघका अध्यक्ष मिलन गुरुङ ठगी र बैंकिङ कसुरमा पक्राउ परेका हुन् ।

कास्की प्रहरीका अनुसार मिलन गुरुङविरुद्ध बैंकिङ कसुर र ३ वटा ठगीको मुद्दामा उजुरी परेको कास्की प्रहरीले जानकारी दिएको छ । प्रहरीले जाहेरीवालाको नाम गोप्य राखेको छ ।

पटक–पटक झैझगडामा मुछिँदै आएका मिलनले आइतबार बक्यौता रकम तिर्नुको सट्टा पोखरा क्रियटिभ अवार्ड हाउसका सञ्चालकमाथि हातपात गरेका थिए । उनी यसअघि पनि प्रतियोगिता गर्ने, रकम बुझाउनुपर्ने ठाउँमा नबुझाउने र पैसा माग्दा गुण्डागर्दी शैली प्रदर्शन गरेर कुटपिटमै उत्रिने जस्ता क्रियाकलापमा संलग्न हुँदै आएका छन् ।

केही दिनअगाडि दीपक मनाङेले मिलनलाई थप्पड हानेका थिए । मनाङेविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा मिलनले जाहेरी दिएपछि दिपक मनाङे पनि बिहीबार पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्