दलित पत्रकार संघको भेला जनकपुरमा हुँदै



जनकपुरधाम : राष्ट्रिय दलित पत्रकार संघ,नेपालको प्रदेशस्तरीय भेला भोली (शनिबार) जनकपुरधाममा आयोजना हुँदैछ ।

प्रदेश भेलाको सम्पूर्ण तयारी पूरा भइसकेको शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो ।

भेलाको प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय दलित पत्रकार संघ,नेपालका केन्द्रिय उपाध्यक्ष गोपाल बैरालीले जानकारी दिएका छन् । भेलामा प्रदेश २ का ८ वटै जिल्लाका करिव १ सय ५० जना दलित समुदायका सञ्चारकर्मीहरुको सहभागिता रहने भेला व्यवस्थापन समितिका संयोजक कैलाश दासले बताए ।

उद्घाटन अघि दलित समुदायका पत्रकारहरुको सहभागितामा विहान नगरमा र्याली निकाल्ने कार्यक्रम रहेको संघका धनुषा जिल्ला अध्यक्ष कुलदिप दासले बताए ।

भेलामा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार,राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष विनोद पहाडी लगायत प्रदेशसभा सदस्य,स्थानीय तहका प्रमुखरउपप्रमुख,बिभिन्न संघ संस्थाका प्रतिनिधि,राजनीतिक दलका प्रतिनिधि,नागरिक समाजका अगुवाहरु समेतको सहभागिता रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्