सुगौली सन्धिबाट गुमेको भूमि फिर्ता माग गर्दै संयुक्त राष्ट्रसंघमा हस्ताक्षर बुझाइने



काठमाडौं: ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धिमा गुमेको जमीन फिर्ता गर्नुपर्ने माग गर्दै हस्ताक्षर संकलन शुरु गरेको छ । 

पृथ्वी जयन्तीका दिन सिंहदरबारको पश्चिमढोकास्थित पृथ्वीनारायण शाहको सालिक परिसरबाट शुरु गरिएको अभियान आगामी चैत मसान्तसम्म जारी रहने तथा मुलुकभित्र र बाहिरका स्थानबाट एक लाखभन्दा बढीको हस्ताक्षर सङ्कलन गरिने छ ।

मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले सङ्कलित हस्ताक्षर नेपालका राष्ट्रपति, संयुक्त राष्ट्रसंघका महासचिव, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्र चीन, संयुक्त राज्य अमेरिका, रुस, बेलायत र फ्रान्स तथा सार्कका महासचिवलाई बुझाइने जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्