बालुवाटार नयाँ गृहसचिव र आईजीपीको खोजीमा



काठमाडौं : यही माघ २२ गतेदेखि गृहसचिव प्रेमकुमार राईले पाँच वर्षे सेवा अवधीका कारण अवाका पाउदैछन् । त्यस्तै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) सवेन्द्र खनाल यही माघ २८ गते देखि सेवाहदका कारण अवकाश पाउँदैछन् । आईजीपी खनालसँगै १७ जना डिआईजीको पनि अवकाश पाउँदैछन् ।

गृहसचिव र आईजीपीको कार्यकाल सकिनै लाग्दा त्यो पदका लागि योग्य उम्मेदवारको खोजी शुरु भएको छ । यसका लागि बालुवाटारले हालका गृहसचिव जस्तै योग्य र कर्मथ सचिव खोजिरहेको छ । यसअघिका गृहसचिव राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर्मचारी प्रशासनसम्बन्धि सबै सरसल्लाह दिँदै आएका थिए । अलिहे राईको उत्तराधिकारीको खोजी शुरु भएको हो । राईले प्रधानमन्त्री ओलीको अघोषित प्रशासनिक सल्लाहाकारका रुपमा सबै कामकाज हेर्दै आएका थिए । प्रधानमन्त्री ओलीलाई गृहसचिव राईले कर्मचारी प्रशासनसम्बन्धि सबै सल्लाहा दिदै आएका थिए ।

अब उनले हेर्दै आएको काम हेर्नेगरी कमाण्ड र क्षमता भएको व्यक्तिको खोजी भएसँगै गृहसचिवमा उनको स्थानमा बरिष्ठ सहसचिव एकनारायण अर्याललाई बढुवा गरी गृहसचिव बनाउने तयारी थालिएको बालुवाटारमा चर्चा हुने गरेको छ । गृहका क्याडरका रुपमा रहेका अर्याल हाल कलकत्तास्थित नेपाली महावाणिज्यदूतका रुपमा कार्यरत छन् । काठमाडौं लगायतका विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी हुँदा अर्यालले सदाचार, सुशासन र ओजिलो प्रशासनिक क्षमता प्रदर्शन गरेर चर्चा पाएका थिए । अहिले उनै अर्याललाई राईको उत्तराधिकारीका रुपमा हेरिएको छ ।

गृहसचिव बन्नका लागि एनसेलदेखि अख्तियारमा विभिन्न विवादमा मुछिदै आएका अख्तियारका सचिव महेश्वर न्यौपाने र सामान्य प्रशासनका सचिव यादव कोइराला पनि दौडमा रहेका छन् । अहिले गृहसचिव राई, अर्थसचिव राजन खनाल, उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव रामकुमार आचार्यको पाँच वर्षे सेवा अवधिका कारण यहि माघ २२ देखि अवकाश पाउँदैछन् । त्यस्तै प्रधानमन्त्री तथा मन्त्रीपरिषदका सचिव अनिल ठाकुरले माघ २१ मा नै सेवा अवधीका कारण अवकाश पाउँदैछन् । त्यहाँ सचिव हुनको लागि बरिष्ठ सहसचिवहरुको दौडधूप चलिरहेको छ ।

उता २०७१ साल २२ माघमा खनाल, राई र आचार्य तीनै जना सचिवमा सँगसँगै सचिवमा बढुवा भएका थिए । उनीहरुको अवकाशसँगै सचिवमा बढुवा हुने पालो बरिष्ठ सहसचिव अर्यालसँगै टेकनारायण पाण्डे र रामशरण पुडासैनी रहेको रहेको छ । यी मध्ये अर्याल गृह प्रशासनमा दख्खल मानिन्छन् भने पाण्डे शिक्षा क्षेत्रमा । त्यस्तै पुडासैनी अर्थ प्रशासनमा राम्रो अनुभव भएका अधिकारीका रुपमा चिनिन्छन् । यस्तै सचिवको दाबेदारमध्ये शिक्षा मन्त्रालयमा कार्यरत बरिष्ठ सहसचिव बाबुराम पौडेल रहे पनि उनको उमेरहदका कारण माघ १८ देखि अवकाश पाउने भएपछि सचिव हुन नपाउने भएका हुन् ।

त्यसैगरी सचिव खनाल अवकाश भएपछि अर्थसचिवका लागि राजश्व सचिव शिशिर ढुंगाना शसक्त दावेदारका रुपमा देखिएका छन् भने कतिपयले राष्ट्रिय योजना आयोगका सचिव लक्ष्मण अर्याललाई बनाउन सुझाव पनि दिईरहेका छन् । त्यस्तै अहिले प्रदेश प्रमुख सचिवका रुपमा कार्यरत तोयम राय र पुडासैनी राजश्व सचिव हुनको लागि दौडधूप गरेका छन् ।यसरी रिक्त रहेको सचिव पदका लागि लोकसेवा आयोगको बढुवा सिफारिस समितिले एक बराबर तीन जनाको नाम सिफारिस गर्नेछ भने त्यही मध्येबाट मन्त्रीपरिषदले एकजनालाई सचिवमा बढुवा गर्ने व्यवस्था छ ।

उता नेपाल प्रहरीको आईजीपी खनालसँगै बरिष्ठ अधिकारीहरुले अवकाश पाउने भएपछि भावी आईजीपीको खोजी भईरहेको छ । बरिष्ठ अधिकारीहरुको अवकाशसँगै डिआईजीबाट महानिरीक्षक बनाउनुपर्ने बाध्यता अहिले देखिएको छ । डिआईजीमध्येबाट आईजीपी बनाउनुपर्ने भएपछि डिआईजी त्रय ठाकुर प्रसाद ज्ञवाली, तारिणी लम्साल र सुर्य उपाध्याय दाबेदार रहेका छन् । तर, डिआईजी उपाध्याय डिआईजी बढुवामा नै पछि परिसकेकाले उनी दौडबाट बाहिरिइसकेका छन् ।
यसरी हेर्दा अब दुईजना डिआईजीमध्येबाट आईजीपी बनाउनुपर्ने देखिन्छ । यसो हुँदा संगठनमा अब्बल कार्यक्षमता र कमाण्डिङ पावर भएका कारण ज्ञवालीलाई आईजीपी बनाउने चर्चा बालुवाटारमा चल्ने गरेको छ । उनको नेकपा महासचिवका साथै अन्य नेताहरुसँग राम्रो सम्बन्ध भएका कारण आईजीपीको विकल्प अरु नभएको चर्चा चल्ने गरेको हो ।
प्रहरी नियमावलीमा वरिष्ठ अधिकारीलाई पद हस्तान्तरण गर्ने चलन रहेको छ । जसअनुसार एआईजी पुस्कर कार्की, धिरु बस्न्यात र ठुले राई आईजीपी खनालसँगै अवकाश पाउँदैछन् । त्यसकारण बरियाताक्रमअनुसार नेतृत्व हस्तान्तरण हुन सक्ने अवस्था छैन । जसका कारण अवकाशको एक महिनाअघि नै राजिनामा दिएर बस्ने चलनअनुसार बिदा लिन पनि पाएका छैनन् ।
हाल अवकाश पाउन लागेका प्रह्री अधिकारीहरु आइजीपी खनालसहित २९ माघ २०४६ मा भर्ना भएका ९० औँ ब्याजका हुन । प्रहरी नियमावलीमा आइजीपीको नियुक्ति गर्दा जेष्ठता, कार्यदक्षता र कार्यसम्पादन मुल्यांकन (कासमु)लाई आधार मानेर गरिने प्रचलन रहेको छ ।

२०७५ साल असोज २० गते गृहमन्त्रालयले ११ जना डिआइजीको बढुवा गरेको थियो । त्यसताका पहिलो नम्बरमा बढुवा भएका विनोद शर्मा घिमिरे र दोस्रो विकास श्रेष्ठ आइजीपी खनालकै ब्याजी हुन । उनीहरु दुबैले खनालसँगै २८ माघमा अवकाश पाउँदै छन । तेस्रो नम्बरमा बढुवा भएका ठाकुर ज्ञवाली आइजीपीको रोलक्रममा पहिलो पंक्तिमा छन् । त्यसकारण पनि अबको आईजीपी हुने उनकै हक लाग्ने बताईन्छ ।

ठाकुर पछि चौथो नम्बरमा बढुवा भएका डिआइजी पुर्णचन्द्र जोशी पनि खनालकै ब्याचका हुन् । उनी पनि खनालसँगै अवकाश पाउनेछन् । त्यस्तै पाँचौ नम्बरमा डिआजी बढुवा भएका तारिणी लम्साल ठाकुरका ब्याचका भएकाले उनी पनि आइजीपीको प्रतिस्पर्धामा छन् । यो बीचमा केही भएन भने ज्ञवाली नै आईजीपी हुने पक्का देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्