न्यू डायमण्डलाई हराउँदै एपीएफले उपाधि जित्यो



काठमाडौं : पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला–पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि सशत्र प्रहरीको एपीएफ क्लबले जितेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार भएको फाइनलमा न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो । एपीएफले न्यू डायमण्डलाई २५–२३, २५–२१, २३–२५ र २५–१८ को सेटमा जित निकाल्यो ।

उपाधिसँगै एपीएफले एपीएफले २ लाख प्राप्त गरेको छ भने उपविजेता बनेको न्यू डायमण्डले १ लाख प्राप्त गर्यो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तेस्रो भयो । तेस्रो भएसँगै आर्मीले ५० हजार प्राप्त गर्यो ।

प्रतिक्रिया दिनुहोस्