‘ए’ डिभिजन लिग : ब्रिगेडलाई पराजित गर्दै च्यासलको जित



काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाईज क्लबलाई पराजित गर्दै च्यासल युथ क्लबले जित हात पारेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा च्यासलले ब्रिगेडलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

च्यासलको जितमा कप्तान सन्तोष साहुखलले निर्णायक गोल गरे । जितसँगै च्यासलको ९ अंक भएको छ भने ब्रिगेडको ८ अंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्