प्रधानमन्त्रीसमक्ष हिमाली विकासको कुरा



सोलुखुम्बु : संघीय सांसद हेमकुमार राईसहितको एक टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी हिमाली विकासको अजेन्डा राखेको छ।आगामी चैत २ देखि ९ गतेसम्म सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाको आयोजनामा अस्पताल निर्माणार्थ गरिने महायज्ञको प्रमुख अतिथिको निम्तो दिन पुगेका सांसद राईसहितको टोलीले हिमाली जिल्ला सोलुखुम्बुको विकासको अजेन्डा पनि राखेको हो।

प्रधानमन्त्री ओलीसँगको भेटमा सांसद राईले दूधकोसी करिडोरको काम तीव्र पार्न माग गरे। उनले सल्लेरीबाट लुक्ला जोड्ने सडकको ट्र्याक खोल्न र स्तरोन्नतिको काम अगाडि बढाउन आग्रह गरे। प्रधानमन्त्री ओलीले सोलुको विकासका लागि केन्द्र सरकार प्रतिबद्ध रहेको बताए।

सांसद राईले भने, ‘प्रधानमन्त्रीसमक्ष जिल्लाको विकासको कुरा राख्न पाउँदा खुसी लागेको छ। यो भेटले जिल्लाको विकासका लागि खास अर्थ राख्नेछ।’ उनले आफ्नो कार्यकालमा नागरिकले महसुस गर्ने किसिमबाट विकासका काम गर्ने बताए। टोलीमा थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष असीम राई, नेकपाका प्रदेश नं. १ सदस्य धु्रव शर्मा पराजुली र रिपोटर्स क्लबका प्रदेश संयोजक भानुभक्त निरौला सहभागी भएको नागरिकमा खवर छ।

प्रतिक्रिया दिनुहोस्