मोरङको केराबाही गाउँपालिका कार्यालयमा बम विस्फोट



मोरङ : मोरङको केराबारी गाउँपालिका कार्यालयमा बम विस्फोटन भएको छ । अज्ञात समूहले शुक्रबार राति करिब १० बजे केराबारी गाउँपालिका–१० मा रहेको गाउँपालिका कार्यालयमा बम विस्फोट गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बम विस्फोटबाट कार्यालयका कोठासँगै छिमेकीका घरमा समेत क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

साथै हिजो राति गाउँपालिका कार्यालय अगाडि फेला परेको बम भने शनिबार बिहानमात्रै डिस्पोज गरिएको छ ।

कार्यालयबाट करिब ४० मिटर उत्तरतर्फ सडकमा बम फेला परेको हो । उक्त बम भने नेपाली सेनाको बम डिस्पोजल टोलीले शनिबार बिहान डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएएसपी लोकदर्शन थापाले जानकारी दिए ।

दुवै घटनामा विप्लव समूहको संलग्नता हुनसक्ने भनाइ प्रहरीको छ ।

प्रतिक्रिया दिनुहोस्