कोउटिन्होले बार्सिलोना छाड्न सक्ने



एजेन्सी:  इंग्लिस क्लब लिभरपुलका पूर्वखेलाडी एवं बार्सिलोना मिडफिल्डर फिलिपे कोउटिन्होले क्लब छाड्ने सम्भावना बढेको छ । पछिल्लो समय बार्सिलोनाको पहिलो रोजाईमा पर्न संघर्षरत रहेपछि मिडफिल्डरले क्लब छाड्ने चर्चा चलेको हो ।

कोउटिन्होले यस सिजन जम्मा ९ खेल सुरुवात गर्दै ४ गोल गरेका छन् । प्रशिक्षक एर्नेस्टो भालभेर्डेले कोउटिन्होलाई पहिलो रोजाईमा राख्न छाडेसँगै उनी क्लब छाड्ने सम्भावना बढेको हो । मोटो रकममा क्याटलान क्लब आएका कोउटिन्होको यस अवस्थालाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले नजीकबाट नियालेको बुझिएको छ ।

उनलाई बार्सिलोनाले सन् २०१८ जनवरीमा १ सय ४३ मिलियन पाउण्डमा खरिद गरेको थियो । बार्सिलोनाले पनि पछिल्लो समय पूर्वखेलाडी नेयमारलाई भित्र्याउन आन्तरिक तयारी गरिरहेको छ । यद्यपि नेयमार र कोउटिन्हो दुवैले आ-आफ्नो क्लबमा लामो समयका लागि सम्झौता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्