सन्दीपले बिपिएलमा आज तेस्रो खेल खेल्दै



काठमाडौं: नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिगमा (बिपिएल) मा आज आफ्नो तेस्रो खेल खेल्दैछन् । सन्दीपले टिम सिलहेट सिक्सर्सबाट ढाका डायनामाइट्ससँग खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका ६:१५ देखी ढाकामा सुरु हुनेछ । जारी प्रतियोगितामा स्टार खेलाडीले भरिएको ढाका एक मात्र अपराजित टोली हो ।

तीन खेलमा तीनमानै जित निकाल्दै ढाका शीर्षस्थानमा छ । यता सन्दीपको टिम सिक्सर्स दोस्रो जितको खोजिमा हुनेछ। सुरुवाती दुई खेलमा सिक्सर्सले एकमा जित र एकमा हार बेहोरेको छ । ढाकाको कप्तानी बंगलादेशका अलराउण्डर सकिव अल हसनले गर्ने छन् ।

सकिवसँगै बंगलादेशका तीब्र गतिका बलर रुवेल हसन, वेस्ट इन्डिजका अलराउण्डर सुनिल नारायन, ब्याट्सम्यान आन्द्रे रसेल, रोवमन पावेल, काइरान पोलार्ड,अफगानिस्तानका ओपनर हजरतुल्लाह जजाई ढाकामा छन् ।

प्रतिक्रिया दिनुहोस्