यसरी हटाउन सकिन्छ परीक्षाको तनाव



काठमाडौं: आफ्ना बच्चाको परीक्षाको तयारीका लागि हरेक बुबाआमा चिन्तित देखिन्छन्। सायद, कतिपयले त परीक्षाको तयारीमा कुनै कसर पनि बाँकी राख्दैनन् होला। परीक्षाका बेला बच्चासँगै बुबाआमा पनि तनावमा हुन्छन्। तनावले सकारात्मक प्रभाव पारे पनि जरुरतभन्दा बढी तनावले स्वास्थ्यमा विपरित प्रभाव पार्न सक्छ।

परीक्षाको तनावबाट कसरी छुटकारा पाउने ?

परीक्षाको तनाबबाट छुटकारा पाउन मुस्किल छैन। यसको लागि तीन काम गर्न आवश्यक छ। पहिलो, परीक्षाको तयारी गर्ने। दोस्रो, आत्मविश्वासी हुने। तेस्रो, नतिजाप्रति सकारात्मक अपेक्षा राख्ने। कतिपय बच्चा तथा परिवारलाई परीक्षाको नतिजाका कारणले तनाव हुने गरेको पाइएको छ। जसका कारण  आत्मविश्वास घट्ने तथा तनाव हुने गरेको छ।

यस्तो हुनुपर्छ बुबाआमाको भूमिका

यो स्थितिमा आफ्ना छोराछोरीको परीक्षाको तयारीमा सहायता गर्नुपर्छ। बुबाआमा बच्चाको प्रेरणाको स्रोत हुन्छन्। त्यसकारण बच्चाको भावनात्मक स्थिति केही हदसम्म बुबाआमाको सहयोगमा निर्भर हुन्छ। बुबाआमा बच्चाको ‘रोलमोडल’ नै मानिने भएकाले उनीहरूले आफ्ना बच्चाको परीक्षाको तनावबाट मुक्त हुने उपायबारे जानकार रहनु आवश्यक हुन्छ। याद राख्नुस्, महत्वाकांक्षी हुनु राम्रो कुरा हो। तर, सबैभन्दा उत्तम बिना दबाब सकारात्मक तरिकाले बलियो बन्नु नै हो।

परीक्षाको तनावको लक्षणबारे जान्न सकिए यसबाट उत्पन्न समस्या सही तरिकाले समाधान गर्न सकिन्छ। जानकारहरूका अनुसार परीक्षाको तनावका कारण देखिन सक्ने लक्षण यसप्रकार छन्।

– टाउको दुख्नु तथा माइग्रेन

–    मांसपेशियोमा समस्या

–    शरीर दुख्नु

–    भोकमा बदलाव देखिनु

–    पेट दुख्नु

–    कब्जियत

–    निद्रामा समस्या देखिनु

–    चिडचिडापन बढ्नु

–    ध्यान एकाग्रमा समस्या देखिनु

यी त आम लक्षण हुन्। तर, यदि यो समस्या लामो समयसम्म देखियो भने यसले परीक्षामा गरिने प्रदर्शनमा समेत समस्या देखाउन सक्छ। जानकारहरूका अनुसार परीक्षाका बेला बच्चाहरूमा मुटु तीव्र गतिमा धड्किनु, हातमा पसिना आउने समस्या देखिने गरेको छ। त्यसैले बुबाआमाले आफ्ना बच्चाहरूमा यस्तो असर देखिएको छ वा छैन भनेर ध्यान दिनु जरुरी हुन्छ। जानकारहरूले बच्चालाई तनावबाट मुक्त राख्न यी उपाय सुझाएका छन्। 

बुबाआमाले गर्ने उपाय

–    बच्चालाई आपसमा तुलना नगर्नुस्। किनकि हरेक बच्चाको व्यक्तित्व र सिखने तरिका ‘आफ्नै’ हुन्छ।

–    आफ्ना बच्चाको क्षमताको सराहना गर्नुस्। साथै उनीहरूले आफ्नो तरिकाले सफल बन्न प्रोत्साहित गर्नुस्।

परीक्षाको तनावबाट मुक्त हुन बच्चाले यी उपाय अपनाउन सक्छन्।

–    पहिलो, परीक्षाको तयारीका लागि योजना बनाउने र त्यसपछि परीक्षाका दौरान स्ट्रेस म्यानेजमेन्ट (तनावबाट छुटकारा पाउने) योजना बनाउने।   

–    परीक्षाको प्याटर्नबारे बुझ्ने। यसले आत्मविश्वास बढाउन र परीक्षाको तयारी योजना बनाउन मद्दत मिल्छ।

–    सबै साधनको प्रभावकारी तरिकाले उपयोग गर्ने। शंका लागेका जानकारको सल्लाह लिने।

–    प्रतिदिन अभ्यास गर्ने।

–    टाइमटेबल अनुसार पढ्ने।

–    शरीरको संकेतमा ध्यान दिने। शरीरलाई आवश्यक परेमा  आराम पनि गर्ने।

–    परीक्षापछि उत्तर बारेमा चर्चा नगर्ने। भएको परीक्षाको चिन्ताको साटो आउने परीक्षाको बारेमा फोकस गर्ने।

–    परीक्षामा पर्याप्त आराम गर्ने। यसका लागि आफ्नो तरिका पनि अपनाउन सकिन्छ।

–    पढ्ने क्रममा ब्रेक लिएर बाहिर निस्कने। मनपर्ने खेल खेल्ने।

–    शौक अनुसार गीतसंगीत सुन्ने तथा किताब पढ्ने।

–    तातो पानीले नुहाउने।

–    बच्चालाई पर्याप्त सुत्न लगाउने।

खानपानबारे ध्यान दिन जरुरी

–बच्चालाई स्वस्थ तथा तनाव मुक्त राख्न आहारको पनि महत्वपूर्ण भूमिका रहन्छ। तनावका कारण शरीरमा स्ट्रेस हर्माेन बढ्ने गर्छ, जसका कारण हर्माेन असन्तुलन हुन्छ। र, भोकमा असर पर्छ। कतिपय बच्चालाई भोक नलाग्ने समस्या हुन्छ। कतिपयले भने जंक फुड खाने गर्छन्। तर, यो बेला जंक फुड खान उपयुक्त हुँदैन। तनाव हुँदा शरीरमा भिटामिन तथा मिनरलको आवश्यकता बढछ। त्यसकारण शरीरमा स्वस्थ आहार आवश्यक हुन्छ। यस्तो बेला बच्चाले के गर्ने त ?

–    तनाव मुक्त गर्न ताजा फलफूल तथा हरिया सागपात खानुस्। किनकि फिट रहन प्रोटिनयुक्त आहार आवश्यक हुन्छ। यसका लागि दाल, अन्डा, माछामासु लगायतका खानेकुरा खान सकिन्छ।

–    याददाश्त बढाउन, एकाग्रता सुधार्न बदाम, तरभुजा लगायत खान सकिन्छ।

–    स्वास्थ्य राम्रो बनाउन स्वस्थ खाना खानु जरुरी हुन्छ। त्यसकारण पोषणयुक्त नास्ता गर्नुस्।

–    पानी निरन्तर पिउनुस्। बाहिर जाद्या पानीको बोत्तल लिएर जानुस्।

–    – सुगरयुक्त र कैफिनयुक्त पेय पदार्थबाट टाढै रहनुस्। यसको सट्टा नरिवल पानी पिउनुस्। नागरिकबाट

प्रतिक्रिया दिनुहोस्