विकट गाउँका बालबालिकाको पीडा : विद्यालय जान बाटोमा नै बित्छ ४ घण्टा


गलेश्वर : सरकारले सुलभ र सहज शिक्षाको पहुँच गाउँगाउँमा पु-याउने नीति लिएको भए पनि हिमाली जिल्ला म्याग्दीका विकट गाउँका बालबालिका अझैसम्म पनि दैनिक ४ घण्टा पैदल हिँडेर विद्यालय जान–आउन बाध्य छन् ।

म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिका र रघुगङ्गा गाउँपालिकाका बालबालिका ४÷४ घण्टा पैदल हिँडेर विद्यालय जान–आउन बाध्य भएका हुन् । अन्नपूर्ण गाउँपालिका–१, दोवा औलका ५ वर्षीय बादल पुर्जा बिहान उठ्ने बित्तिकै हतारहतार लुगा लगाएर बिहान साढे ७ बजे विद्यालय जान्छन् । घरबाट विद्यालय पुग्न पुर्जासँगै ५ वर्षीय मेञ्जु पुन र खुशी सुनारलाई कैशाल माविमा पुग्न करिब दुई घण्टा लाग्छ । गाउँमा विद्यालय नभएपछि पढ्नका लागि बारजरा र सल्लेरी सामुदायिक वन, फाँट हुँदै जोखिम मोलेर केही अभिभावकसँगै र कोही माथिल्लो कक्षामा अध्ययनरत विद्यार्थीको सहयोगमा हतार–हतार गरी विद्यालयमा पुग्ने गरेका छन् ।

गाउँ नजीक रहेको सुनारी आधारभूत विद्यालयमा पुग्न खोलाको बाटो र बालबालिकाको ज्यानकै जोखिम मोल्नुपर्ने बाध्यताले विद्यार्थीले दोबा गाउँस्थित विद्यालयमै जानुपर्ने अवस्था रहेको स्थानीय युवा जगत गर्वुजाले बताए । यस्तै बाध्यतामा छन्, रघुगङ्गा गाउँपालिका–६ अमर माविमा कक्षा ९ मा अध्ययनरत ठाडाखानीका कमल छन्त्यालको । छन्त्याललगायत रायखोरकी सुस्मा शेरपुञ्जा, उदिन रोका, विना शेरपुञ्जा पनि दैनिक चार घण्टा हिँडेर विद्यालय आउजाउ गर्न बाध्य छन् । “कलिला बालबालिका थकानका कारण कक्षा कोठामै सुत्छन्”, स्थानीयवासी जगत गर्बुजाले भने, “उनीहरु पैदल हिँडेर स्कुल ओहोर–दोहोर गर्न बाध्य छन् ।” गर्वुजाका अनुसार उकालो बाटो र जङ्गलका कारण बालबालिकालाई जङ्गली जनावरको समेत खतरा रहने गर्छ ।

गाउँ आसपासबाट दैनिक ४० विद्यार्थीलाई बिहान ८ बजे नै घरबाट हिँड्नुपर्ने बाध्यता भएको गर्बुजाको भनाइ छ । “घर आयो थकाइ लागेको हुन्छ । होमवर्क गर्दागर्दै निन्द्रा लाग्छ”, अमर माविमा कक्षा ९ मा अध्ययनरत कमल छन्त्यालले भने । उनले चाहेर पनि राम्रोसँग पढ्ने समय नै नहुने गुनासो गरे । विद्यालयमा करिब ३५-४० विद्यार्थीले दैनिक पैदलयात्रा गरी विद्यालयमा आउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक युकुमार गर्बुजाले बताउनुभयो । “विद्यार्थीले पढ्ने समय नै पाएका छैनन्”, उहाँले भन्नुभयो, “दैनिक चार घण्टाको आवतजावतको प्रत्यक्ष असर पढाइमा देखिन्छ ।”

त्यस्तै मङ्गला गाउँपालिकाको मङ्गला मावि, मालिका गाउँपालिकाको जनप्रिय माविमा समेत करिब डेढ घण्टासम्म पैदलयात्रा गरी विद्यार्थी पढ्न आउने गरेको सो विद्यालयले जनाएको छ । केही अभिभावकले मोटरसाइकलमा आवतजावत गर्ने गरे पनि अधिकांश विद्यार्थी पैदलमार्ग हुँदै विद्यालयमा पुग्ने गरेका छन् । “उकालो बाटोमा निकै थकानका साथ पुग्नुपर्दा पठनपाठनमा समेत असर परेको छ”, मङ्गला माविका कक्षा ६ मा अध्ययनरत बिमल पुर्जाले भन्नुभयो, “बिहानमा किताब हेर्न पाइँदैन ।” उनले गाउँबाट विद्यालयसम्म पुग्ने सवारीसाधनको व्यवस्था भएमा सहज हुने बताए । कलिला बालबालिका हिँड्न नसक्ने भएकाले माथिल्लो कक्षामा अध्ययनरत विद्यार्थीले बोकेर लैजाने गरेको विद्यार्थीको भनाइ छ । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माले)ले पार्टी महासचिव सीपी मैनाली सवार कार दुर्घटना नियोजित भएको

एजेन्सी : बालीनाली नष्ट गर्ने सलहबाट जोगाउन चीनले छिमेकी राष्ट्र पाकिस्तानमा एक लाख हाँस पठाउन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहे पनि

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनमा काटिएको केकको विषयलाई मुद्दा बनाएर कांग्रेसले राजनीति

जनकपुरधाम : जनकपुरधाममा रहेको सार्वजनिक महत्वको पोखरीको अस्तित्व समाप्त हुने अवस्थामा रहेको छ । त्यहाँको

काठमाडौं : कार दुर्घटनामा परी घाइते भएका नेकपा मालेका महासचिव सीपी मैनालीको उपचार धापासीस्थित ग्राण्डी

काठमाडौं : पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर लगाउने निर्णय भएको छ । फागुन १२

काठमाडौं : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।

काठमाडौं : काठमाडौं महानगरपालिकाको हटलाइन नम्बरमा नियमित फोहर सङ्कलन गर्न र धुलोमुक्त काठमाडौँ बनाउनुपर्नेजस्ता विषयमा

एजेन्सी : आर्थिक समस्यासँग जुझ्न हङ्‍कङको सरकारले त्यहाँका स्थायी बासिन्दालाई १२ सय अमेरिकी डलर बराबर

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा आफ्नो सङ्लग्नतामा अन्य

काठमाडौं : आजका युवा बिलासितातर्फ आकर्षित भएका छन् । उनीहरु छिट्टै सम्भ्रान्त हुने सपना देख्ने