टूँडिखेलमा ल्होसारको उल्लाहस (फोटोफिचर)



काठमाडौं : तामाङ समुदायले आज (शनिबार) काठमाडौंको टूँडिखेलमा एक विशेष कार्याक्रमको आयोजना गरी सोनाम ल्होसार पर्व मनाएका छन् ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५६ औँ वर्ष शुरु हुन्छ । यस अवसरमा तामाङ समुदायले आफ्नो संस्कृति झल्काउने पहिरनमा सझिएर टूँडिखेलमा उपस्थित भएका थिए ।

माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्