‘ए’ डिभिजन लिग : फ्रेन्ड्सलाई पराजित गर्दै संकटाको जित



काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबलाई पराजित गर्दै संकटा क्लबले जित हात पारेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा संकटाले फ्रेन्ड्सलाई १–० गोल अन्तरले हराएको हो ।

संकटालाई जित दिलाउन खेलको ६४ औं मिनेटमा अजयी मार्टिन्सले निर्णायक गोल गरे । जितसँगै संकटाले ८ खेलमा १२ अंक जोडेको छ । फ्रेन्ड्सले ८ खेलमा ८ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्