नरेश पातलीकाे स्वर र अभिनयमा रहेकाे ‘अाइह्याब अ गर्लफ्रेण्ड’ गीत सार्वजनिक



काठमाडाैं : नेपाल अाइडलकाे छनाैंट अडिसन धनग‍ढीबाट चर्चामा अाएका नरेश पातलीकाे स्वर र अभिनयमा रहेकाे 'अाइह्याब अ गर्लफ्रेण्ड' सार्वजनिक भएकाे छ ।

 

केही समय अगाडी नेपालकै चर्चित हाँस्य टेलीशृङ्खला भद्रगाेलमा पनि अाफ्नाे क्षमता प्रदर्शन गरेका पातलीले यस गीतमा स्वर र शशक्त अभिनय गरेका छन् ।

 

बादल घिमेरेकाे प्रस्तुतीमा रहेकाे अाइह्याब अ गर्लफ्रेण्ड बाेलकाे गीतकाे म्युजिक भिडियाेमा नरेश पातली, जशाेदा कार्की, बादल घिमेरे र सिवानी कार्कीकाे शशक्त अभिनय देख्न पाइन्छ ।

 

यस गीतमा लय/रचना घिमेरेकै रहेकाे छ । गीत chamero music नामक च्यानलबाट सार्वजनिक भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्