आज पूर्वी पहाडी भूभागमा वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात



काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिक बदली रहने जनाएको छ ।आज (आइतबार) देशको पहाडी भूभागमा आंशिक बदली भई पूर्वी पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै तराईका भूभागहरुमा हुस्सु र कुहिरो लागेता पनि दिउँसोसम्ममा घाम लाग्ने र मौसम सामान्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि (सोमबार) देशको पश्चिमी भूभागलगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने मंगलबार देशको पश्चिमी भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागका १–२ स्थानहरुमा हल्का वर्षा र बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम
माघ १२ गते (आइतबार)
दिउँसो :
देशको पहाडी भूभागमा आंशिक बदली भई पूर्वी पहाडि भूभागका १–२ स्थानहरुमा हल्का वर्षा र उच्च पहाडि तथा हिमालि भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना छ । तराईका भूभागहरुमा हुस्सु र कुहिरो लागेता पनि दिउँसो सम्ममा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको छ ।

राति : देशको मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ १३ गते (सोमबार)
दिउँसो :
देशको पश्चिमी भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । मध्य र पूर्व तराईका भूभागहरुमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागका १–२ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

माघ १४ गते (मंगलबार)
दिउँसो :
देशको पश्चिमी भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागका १–२ स्थानहरुमा हल्का वर्षा र बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

राति : देशभर आंशिकदेखि सामान्य बदली भई पश्चिमी भूभागका केहि स्थानहरु, मध्य भूभागका थोरै स्थानहरु र पूर्वी भूभागका १–२ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्