आज विभिन्न कार्यक्रम गरी विश्व कुष्ठरोग दिवस मनाइँदै



काठमाडौं : सन् १९५४ देखि प्रत्येक वर्ष जनवरी महिनाको अन्तिम आइतबारका दिन पर्ने विश्व कुष्ठरोग दिवस आज (आइतबार) नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

भारतीय अहिंसावादी नेता महात्मगान्धीको मृत्यु भएको दिन पारेर फ्रान्सका प्रसिद्ध मानवतावादी एकआर फोलोरिसले उनैको प्रेणबाट कुष्ठरोग दिवस मनाउन थालेका हुन् । आज ६७ औं विश्व कुष्ठरोग दिवस मनाइँदै छ ।

यस दिवस मनाउन थाले यता विश्वभर कुष्ठरोग निवारण, न्यूनीकरण तथा प्रभावितप्रति हुने भेदभावमा कमी हुँदै आएको विश्वास गरिएको छ ।

विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारको लक्ष्यबमोजिक सन २०१० मा नेपालबाट कुष्ठरोग निवारण गर्ने भनिए पनि नेपालमा कुष्ठरोगीको दयानय अवस्था वृतान्त इतिहासका रुपमा सुन्न पाइन्छ ।

सन् २०१५ को तथ्याकं अनुसार विश्वमा केवल २ लाख १२ हजार कुष्ठरोगीहरु छन् जसको ६० प्रतिशत भारतमा मात्र छन् । यसबाहेक इण्डोनेशीया, ब्राजिल लगायतका अन्य धेरै देशहरुमा यसको संक्रमण धेरै पाइएको थियो ।

कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने रोग हो । यो रोगले खास गरेर छाला, स्नायुमा असर गर्दछ । यो प्राचीनकालदेखि नै मानिससँग परिचित भए पनि सन् १९८३ मा मात्र नर्वेका वैज्ञानिक डा. जीए ह्यान्सनले रोग पत्ता लगाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्