एकीकृत कारोबारका लागि बिग मर्जरमा जाँदै यी बैंकहरु



काठमाडौं : सरकारले ठूला बैंकलाई एकै ठाउँमा गाभिनेगरी नीति ल्याएपछि नेपालमा रहेका ठूला बैंकहरुबीच मर्जरको लागि थालनी भएको छ । एकीकृत वित्तीय प्रणाली लागू गर्नको लागि सरकारले यस्तो नीति अख्तियार गरेको छ । जसअनुसार नेपालका ठूला ४ बैंकले त्यस कार्यलाई मूर्तरुप दिन लागि परेका छन् ।

नेपालमा रहेको ४ ठूला बैंकहरु नेपाल ईन्भेष्टमेन्ट, हिमालयन,एनसीसी र प्रभु बैंकबीच मर्जर हनु लागेको हो । उनीहरुले यससम्बन्धि आवश्यक प्रकृया मिलाउने काम भईरहेको बैंकश्रोतले जानकारी दिएको छ । यसअघि सरकार तथा राष्ट्र बैंकले नै मर्जर चाहेको बारे मौद्रिक नीति तथा बजेटमार्फत जानकारी दिसकेको छ । यसरी सरकारले नै मर्जरको नीति अख्तियार गरेपछि मर्जरपछि केही अवसरहरु पनि सिर्जना हुने गरी बैंकहरुले मर्जरको तयारी गरिरहेको छ ।

यही नीतिअनुसार केही समयअघि जनता बैंक र ग्लोबल आइएमई बैंकबीच मर्जर भएर कारोबार समेत शुरु भईसकेको छ । यसरी बैंकहरुले एकअर्कासँग गाभिएर एकीकृत भई कारेबार गर्दा वित्तीय संस्थाले गरेको लगानीको विषयमा विवाद नआउने र संस्थाले लगानी गरेको आयोजना सफल हुने देखिन्छ । त्यही आधारलाई मध्यनजर गर्दै सरकारले ठूला बैंकहरुलाई मर्जरमा गई एकीकृत कारोबार गर्नका लागि नीति ल्याएको हो । सरकारको यो योजनालाई सफल बनाउन बैंकहरु लागिपरेको देखिन्छ ।

प्रभु बैंकका अध्यक्ष देवीप्रसाद भट्टचनले बैंकहरुबीच मर्जरको लागि छलफल चलिरहेको र छिट्टै निष्कर्षमा पुग्ने बताए । उनले हतार नगरी सबै कुरा मिलाएर अघि बढ्नुपर्ने भएकोले केही समय ढिला भए पनि मर्जर हुनेमा कुनै शंका नरहेको बताए । मर्जरका लागि कुरा भएपनि यो–यो बैंकसँग हुन्छ भनेर अहिले नै भन्न नसकिने उनको भनाई छ ।

उनका अनुसार हालसम्म प्रभुले नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) लगायत बैंकसँग छलफल चलिरहेको छ । यसैगरी त्यस्तै, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक पनि मर्जरमा जाने चर्चा केही वर्षदेखि चल्दै आएको हो । कुरा चलेपनि टुङ्गोमा पुग्न सकेको छैन नेपाल ईन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले हिमालयन बैंकसँग मर्जरको कुरा चले पनि निष्कर्षमा नपुगेको बताए । छिट्टै टुङ्गोमा पुग्ने पाण्डेको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्