फेरि बढ्यो सुनको मूल्य



काठमाडौं : आज (आइतबार) सुनको मूल्यमा वृद्धि भएको छ । सुन तोलामा ३०० का दरले बढको छ ।

शुक्रबार तोलामा ७५ हजार २०० मा कारोबार भएको सुनको मूल्य आइतबार पनि बढेर तोलामा ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ७५ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

आइतबार चाँदीको पनि मूल्य बढेको छ । चाँदीको मूल्य शुक्रबारको तुलनामा रु १० बढेर ८९५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्