सुर्खेतका सिंहको बाँकेमा हत्या 



सुर्खेतः सुर्खेतका एक युवकको बाँकेमा बिभत्स हत्या भएको छ । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–४ का २३ वर्षीय दीपक सिंहको कोहलपुरस्थित पुरानो बसपार्कमा घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । 

सिंहको धारिलो हतियार प्रयोग गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्