बागलुङमा जैमिनी महोत्सव शुरु



म्याग्दी : बागलुङको जैमिनी नगरपालिकामा शुक्रबारदेखि प्रथम जैमिनी महोत्सव शुरु भएको छ । 

‘कला संस्कृति तथा खेलकुदको सम्र्बद्धन, कृषि व्यापार, उद्योग तथा पर्यटनको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ महोत्सव सुरु भएको हो । 

जिल्लाको कला संस्कृतिको संरक्षण, खेलकुदको विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव छ । 

जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले उद्घाटन गरेको सो महोत्सव आगामि माघ ४ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवमा प्रथम मेयर कप भलिवल प्रतियोगिता, प्रदेश स्तरिय लोकदोहोरी प्रतियोगिता, शैक्षिक प्रदर्शनी, कृषि प्रदर्शनी, दोस्रो जैमिनी डान्स आइडल प्रतियोगिता, भजन प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएको छ ।

महोत्सवको मुख्य समारोह माघ १ गते उपराष्ट्रपति नन्दबहादुर पुनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

जिल्लाको दक्षिण क्षेत्रको पुर्‍याउने अपेक्षा गरीएको महोत्सवमा ७० भन्दा धेरै व्यापारिक तथा स्थानीय उत्पादनका स्टलहरु राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्