ट्रेलरमा हेर्नुहोस् फिल्म ‘ताकतवर’



काठमाडौं : नेपाली फिल्म ‘ताकतवर’को ट्रेलर सार्वजनिक गरिएको छ। शनिबार काठमाडौंमा पत्रकार भेटघाट गरि फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

जि।आर प्रोडक्सन र आर्ट मुभिजको संयुक्त प्रस्तुतीमा तयार नेपाली कथानक फिल्म ‘ताकतवर’ले प्रेम र एक्सनको भाव प्रस्तुत गर्छ।

गजेन्द्र रज्जितको निर्देशन तथा आरती शाही र निर्देशक स्वयंको निमार्णमा तयार फिल्ममा नारायण कृष्ण महर्जन, सुनिल विष्ट (गौले), वद्रि फुयाँल सहनिर्माताका रूपमा रहेका छन्।

फिल्ममा सविन श्रेष्ठ, धु्रव कोइराला, महिमा सिलवाल, शेखर सुवेदी, रिजा भुषाल लगायतकोअभिनय रहेको छ।

रामेश्वर हुमागाईंको छायांकन तथा चन्द्र पन्तको द्वन्द्व निर्देशनमा तयार फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी देख्न सकिन्छ।

सुनिल प्रकाश श्रेष्ठको लेखनमा तयार फिल्ममा मित्रडी गुरूङको सम्पादन रहेको छ।

फिल्मको प्रर्दशन मिति तय नभएपनि चैतको दोस्रो साता सम्ममा प्रदर्शनमा ल्याउने निर्माण युनिटको तयारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्