चन्द्रनिगाहपुरको सडकमा शंकास्पद वस्तु फेला



रौतहट : रौतहटको चन्द्रनिगाहपुरमा शंकास्पद वस्तु फेला परेको छ ।

चन्द्रनिगाहपुर गौर सडकमा आज (आइतबार) शंकास्पद वस्तु फेला परेको हो । विहानैदेखि सडकमा एउटा व्याग र बोरा देखिएपछि प्रहरीले बम रहेको आशंका गरेको छ ।

शंकास्पद रहेको स्थानलाई घेरा हालेर राखिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले बताए ।

डिस्पोजल टोली गौरबाट आउन केही समय लाग्ने भएका कारण सो शंकास्पद वस्तु भएको स्थानमा सर्वसधारणलाई जान रोक लिइएको छ भने प्रहरीले त्यस स्थानमा सुरक्षा कडा पारेको छ ।

प्रतिक्रिया दिनुहोस्