तीव्र गतिमा फैलदैँ कोरोना भाइरस, नियन्त्रणबाहिर जान सक्ने विशेषज्ञको चेतावनी


एजेन्सी : चीनको वुहान शहरमा फैलिएको कोरोना भाइरसको कारण मृत्यु हुने संख्या ५६ पुगेको छ भने २००० भन्दा बढी मानिस यस भाइरसको संक्रमणको सिकार भइसकेका छन् ।

भाइरसको प्रकोपको सन्दर्भमा चीनमा राष्ट्रपति शी जिनपिङले चिन्ता व्यक्त गरेका छन् । उनले प्राणघातक कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको भन्दै सबै जनतालाई सतर्क रहन समेत आग्रह गरेका छन् । उनले चीनको नयाँ वर्षको सरकारी बिदाको लागि बसेको सरकारी बैठकमा कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको र यसले प्राण लिन सक्ने भन्दै चेतावनी दिएका हुन् ।

राष्ट्रपति जिनपिङले वरिष्ठ अधिकारीहरुसँग देशले गम्भीर स्थितीको सामान गरिरहेको बताएका छन् ।

यता, अमेरिकाले वुहान दूतावासका कर्मचारीलाई त्यहाँबाट फिर्ता लैजाने घोषणा गरेको छ । मंगलबार विशेष उडान मार्फत अमेरिकी दूतावासका कर्मचारी फिर्ता लैजान लागिएको हो । अमेरिकी विदेश मन्त्रालयका अनुसार अमेरिकी नागरिक धेरै खतरामा भएको र उनीहरुका लागि सेन फ्रान्सिस्कोबाट उडान पठाइने छ ।

यसैगरी, बेलायतका अनुसन्धानकर्ताहरुले कोरोना भाइरस चीनको नियन्त्रणबाहिर रहेको बताएको छ ।

यद्यपि, चीनका विभिन्न शहरहरुमा यातायातमा प्रतिबन्ध लगाइएको छ । यसैगरी प्राइभेट गाडीहरुमा समेत प्रतिबन्ध लगाइएको छ ।

सरकारी पत्रिका पीपल्स डेलीका अनुसार चीनले आपतकालीन अस्पताल बनाउँदै छ । एक हप्तामै निर्माण गरिने उक्त अस्पताल १३०० बिरामी क्षमताको हुनेछ । यसैगरी, अर्को अस्पताल पनि निर्माण गरिरहेको छ जसको क्षमता १००० बिरामीको रहेको छ ।

वुहान शहरको खुबे प्रान्तमा सेनाको विशेषज्ञ टिम पुगिसकेको छ ।

चीनमा शनिबारबाट सुरु हुने लूनर न्यू ईयरको मेलासमेत नहुने भएको छ । धेरै शहरहरुमा ट्रेन समेत बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि युवाहरूले ‘गो ब्याक चाइना’ भन्दै प्रदर्शन गरेका छन् । नेपालको

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४ जनामा नयाँ कोरोना संक्रमण थपिएका

गोरखा : ललितपुरको पाटन अस्पतालमा सोमबार राति मृत्यु भएका गोरखाका एक युवकमा कोरोना संक्रमण पुष्टि

काठमाडौंः स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमणको आरडिटी परीक्षण स्थगित गर्ने निर्णय गरेको छ । मन्त्रालयले

काठमाडौं : पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमितको संख्या थपिँदै गएको छ । सोमबारमात्र

काठमाडौं । मंगलबार (आज)मन्त्रिपरिषद बैठक बस्दैछ । वर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे

काठमाडौं : देशभर मंगलबार सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाहको आज (मंगलबार) जन्मदिन परेको छ । पूर्व राजा शाह

ईलाम : नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रमअन्तर्गत ईलामको श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालय निर्माणको लागि

काठमाडौं : आत्महत्या गरेको फेसबुक लाइभ सेयर नगर्न स्वास्थ तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ

काठमाडौं : सोमबार काठमाडौं उपत्यकाकामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौं : नेपालमा सोमबार थप १ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य