‘ए’ डिभिजन लिग : भोलीदेखि नवौं चरणको खेल सुरु हुँदै



काठमाडौं : शहिद स्मारक ‘ए’ डिभिजन लिगका नवौं चरणका खेल भोली (सोमबार) देखि सुरु हुँदैछ। केहि खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ भने केहि खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

भोली हुने पहिलो खेलमा पुलिस र एपीएफ भिड्नेछन् । खेल मध्यान्न १२ बजे सुरु हुनेछ । त्यसैगरी थ्री स्टार र मछिन्द्रको खेल भोली दिउँसो ३ बजे हुनेछ।

लिगको आठौं चरणको खेल सकिदाँ आर्मी १७ अंक सहित शीर्ष स्थानमा छ भने मछिन्द्र १६ अंक सहित दोस्रो र मनाङ तेस्रो स्थानमा छ । थ्री स्टार १४ अंक सहित चौथो स्थानमा छ ।

समान १२ अंक सहित एनआरटी पाँचौ, जावलाखेल छैटौ र संकटा सातौं स्थानमा छन् । पुलिस ११ अंक सहित आठौं स्थानमा छ । च्यासल ९ अंक सहित नवौं, ब्रिगेड ब्वाईज र फ्रेन्ड्स ८ अंक सहित क्रमश दशौं र ११ औं स्थानमा छन् ।

हिमालयन शेर्पा क्लब ७ अंक सहित १२ औं स्थानमा छ । एपीएफ ५ अंक सहित १३ औं स्थानमा रहदाँ सरस्वती १ अंक जोड्दै तालिकाको पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्