आँखामा खुर्सानीको धुलो छर्की ५० लाख लुटपाट गर्ने पक्राउ



काठमाडौं : काठमाडौं उपत्यकाभित्र घटेका विभिन्न घटनामा संलग्न रहेका आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

गत बिहीबार काठमाडौंस्थित तार्केश्वर नगरपालिका २ काभ्रेस्थली शान्तीधाम मन्दिर जाने बाटोमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर ३ घर घई हाल काठमाडौं १५ भगवानपाँउ बस्ने वर्ष ६३ का बच्चुराम गुरुङको साथमा रहेको ५० लाख लुटपाट गरी फररा रहेका बेद बहादुर भन्ने भिम बहादुर घर्तीमगरलाई प्रहरीले पक्राउ गरेको हो ।

घर्तीमगरले मेरो बाजेसँग बल्ने ढुंगा छ भनि प्रलोभनमा देखाई ५० लाख माग गर्नुका साथै धारिलो हतियार खुकुरी, फलाकको लठ्ठी देखाई आँखामा खुर्सानीको धुलो छर्की पीडित बच्चुरामको साथमा रहेको ५० लाख र लुटि फरार भएका थिए ।

उनलाई खोजी गर्ने क्रममा उपत्यकाको विभिन्न स्थानबाट घटनामा संलग्न रहेका केही व्यक्तिलाई डाँका गरी लगेको नगद तथा अन्य दशीका सामानहरुसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा दाङ पुरन्धारा गाउँपालिका ९ खेप्ताङ घर भई हाल काठमाडौं मित्रपाक बस्ने ३८ वर्षीय बेद बहादुर भन्ने भिम बहादुर घर्तीमगर, नुवाकोट दुप्चेश्वर गाउँपालिका ६ कटजुन घर भई हाल काठमाडौं काभ्रेस्थली बस्ने ३० वर्षीय नकुर तामाङ, रसुवा आमाछोदिङमो गाउँपालिका ५ गोलजुङ घर भई हाल काठमाडौं तार्केश्वर ९ डाँडागाउ बस्ने ३८ वर्षीया दावा छिरिङ तामाङ, रामेछाप मन्थली नगरापलिका ९ पुरानागाउँ घर भई हाल काठमाडौं १ं६ बाईपास बस्ने ३६ वर्षीय कुमार बहादुर बुढाथोकी, रसुवा उत्तरगया गाउँपालिका २ खड्रकु घर भई हाल काठमाडौं काभ्रेस्थली बस्ने ३६ वर्षीय तेन्जिङ बहादुर तामाङ र रसुवा उत्तरगया गाउँपालिका २ खड्रकु घर भई हाल काठमाडौं गंगबु बस्ने २८ वर्षीय संजित वाईवा रहेका छन् ।

प्रहरी उपरीक्षक मुकेश कुमार सिंहका अनुसार संजित वाईवाको साथबाट नगद ३५,५००, तेन्जिङ बहादुर तामाङको साथबाट ५,८०,०००, बेद बहादुरको साथबाट नगद ३,०५,०००, नकुर तामाङको साथबाट ४,३१,०००, कुमार बहादुर बुढाथोकिको साथबाट २,०५,००० र दावा छिरिङ तामाङको साथबाट ३,३१,००० बरामद गरिएको छ ।

यसैगरी ४ थान मोटरसाइकल, एउटा सुनको औठी र विभिन्न कम्पनीको मोबाइलहरु बरामद भएको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्