झापाबाट काठमाडौं आउँदै गरेको माइक्रो सिन्धुलीमा दुर्घटना



सिन्धुली : झापाबाट काठमाडौं आउँदै गरेको माइक्रोबस दुर्घटना भएको छ । आइतबार वीपी राजमार्गअन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका–२ ढुङ्ग्रभञ्ज्याङमा माइक्रो दुर्घटना भएको हो ।

माइक्रोबस तीव्र गतीमा भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । प्रहरीका अनुसार बा ४ ख ६९६ नम्बरको माइक्रोबस दुर्घटनामा चालकको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

माइक्रोमा १८ जना सवार भएको र दुई घाइतेको अवस्था गम्भीर भएको प्रहरीले जानकारी दिएको छ ।

सामान्य घाइतेहरुको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेहरुलाई काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्