कक्षा ११ को नतिजा प्रकाशित



काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल शनिबार साँझ सार्वजनिक गरेको छ । बोर्डका अनुसार अक्षंराङ्कन पद्धति (ग्रेडिङ प्रणाली)मा नियमिततर्फ ३ लाख ३२ हजार ८ सय सय ९१ जना, आंशिकतर्फ १ लाख ७६ हजार ४९ र अंक प्रणालीतर्फ ३९ हजार ५ सय ५ जना परीक्षार्थी सहभागी थिए ।

 

नियमिततर्फ एक हजार एक सय ४५ विद्यार्थीले ३.६१ देखि ४.० जीपीए ल्याएका छन् । ३.२१ देखि ३.६० जीपीए ल्याउने ८ हजार ९ सय ४९ जना छन् । त्यस्तै जीपीए २.८१ देखि जीपीए ३.२० ल्याउने २४ हजार ५ सय १५ विद्यार्थी छन् । ४८ हजार ७ सय ३२ जनाले २.४१ देखि २.८० जीपीए प्राप्त गरेका छन् ।

 

२.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ८६ हजार ७ सय ७० रहेको छ । ९२ हजार ५ सय ९३ परीक्षार्थीले १.६१ देखि २.०० जीपीए पाएका हुन् । १.२१ देखि १.६० जीपीए ल्याउने ४१ हजार ४ सय ६ जना र ०.८१ देखि १.२० जीपीए प्राप्त गर्ने विदार्थीको संख्या ८ हजार १ सय २७ रहेको छ । ०.० देखि ०.८० जीपीए पाउने २० हजार ६ सय ८५ विद्यार्थी छन् ।

 

आंशिकको अंक पद्धतितर्फ ३८.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा गत वैशाख ३० देखि जेठ ९ गतेसम्म भएको थियो । विगतका वर्षहरुमा भन्दा झण्डै ३ महिना पहिले नतिजा प्रकाशित गरिएको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः कोरोना संक्रमणको कारण रोकिएको लोकसेवा आयोगको परीक्षा दशैं लगत्तै शुरु हुने भएको छ ।

कैलाली– विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवद्र्धन हुन थालेको

काठमाडौं : धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको

काठमाडौंः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न दार्चुला गएका छन् ।

स्याङ्जा । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभेन पञ्जाबका सामू रोयल च्यालेन्जर बंगलोर

काठमाडौं : देशभर केही दिनयता परिरहेको झरी भोलि शनिबारदेखि कमजोर हुने देखिएको छ। बंगालको खाडीबाट

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको

काठमाडौं : सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक नगर्ने क्रम बढेपछि अख्तियारले कडा

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द भएको छ । संघीय सरकार

काठमाडौं– नेपाल–चीन सीमा प्रश्नमा सरकारले हतारो टिप्पणी गरेको नेपाली कांग्रेसले जनाएको छ। स्थलगत अध्ययनको धारणा