कुष्ठरोगीहरुको सहयोगार्थ चिया बिक्री



जनकपुरधाम : ६७ औं अन्तर्राष्ट्रिय कुष्ठरोग दिवसको उपलक्ष्यमा जनकपुरधामस्थित कामाख्या परिवार नेपालद्धारा कुष्ठरोगीहरुको सहयोगार्थ चिया बिक्री गरिएको छ ।

आइतबार जानकीचोकमा एक कार्यक्रमको आयोजना गरि कुष्ठरोगीहरुलाई आर्थिक सहयोग गर्ने उद्देश्यले चिया बिक्री गरिएको कामाख्या परिवार नेपालका अध्यक्ष विभाष लाभले जानकारी दिए ।

उनले भने,‘हामीले प्रतिकप ३० रुपैयाँको दरले करिव १ सय कप चिया बिक्री गर्यौ ।’ चिया बिक्री गरेवापत संकलित रकम कुष्ठरोगबाट प्रभावित व्यक्तिहरु रेखा साह र संजय यादवलाई प्रदान गरेको,‘उनले बताए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेल,लालगठ अस्पतालका कुष्ठरोग निवारणका संयोजक रमेश चौधरी,सामाजिक अभियन्ता अमरचन्द्र अनिल,नेपाली काँग्रेसका नेता प्रफुल्लराज घिमिरे,सुमित कर्ण,दिपक ठाकुर,कृष्णचन्द्र साह,दिपक चौधरी,रुवी झा,अभिलाश ठाकुर,हिरा मण्डल,नम्रता झा,सिद्धी मण्डल,दिपक सिंह,विजय कामती,सुनिता यादव,बाल अस्पतालका प्रबन्धक लालबाबु सिंह,वडा नम्बर–१० का वडाअध्यक्ष मिथिलेश लाल कर्ण,ज्योति राणा,ललिता चौधरी लगायत नगरका व्यापारी एवं बुद्धिजीविहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्