बुट प्रहार गर्ने मुलरलाई २ खेल प्रतिबन्ध



एजेन्सी : युरोपियन च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको खेलमा विपक्षी खेलाडीको टाउकोमा बुट प्रहार गरेका जर्मन च्याम्पियन वायर्न म्युनिखका फरवार्ड थोमस मुलरलाई २ खेलको प्रतिबन्ध लगाइएको छ।

 

प्रतिबन्धसँगै मुलरले अन्तिम १६ अन्तर्गत इंग्लिस क्लब लिभरपुल विरुद्धको दुवै लेग गुमाउने भएका छन्। अन्तिम १६ को खेलमा आगामी १९ फेब्रुअरीमा लिभरपुलको घरेलु मैदानमा र  १३ मार्चमा वायर्नको मैदानमा हुनेछ।

 

२९ वर्षीय मुलरले च्याम्पियन्स लिगमा ४२ गोल गरिसकेका छन्। 

 

यसअघि डच क्लब अजाक्ससँग आम्स्टर्डममा भएको खेल ३–३ गोलको बराबरीमा सकिएको थियो भने दुवै टिमका १–१ खेलाडीले रातो कार्ड पाएका थिए। वायर्नका मुलर रातो कार्ड पाउदै मैदान छाड्न बाध्य भएका थिए। उनले अजाक्सका निकोलास टाग्लियाफिकोको टाउकोमा बुटले प्रहार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्