दीपक मनाङे ६ हजार धरौटीमा रिहा



पोखरा : गण्डकी प्रदेशका सांसद दीपक मनाङे ६ हजार धरौटीमा रिहा भएका छन् । उनलाई आइतबार जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनी माघ ८ गते अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेको अभियोगमा पक्राउ परेका थिए ।

मनाङेमाथि प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको थियो ।

मिलनले मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरीतको कसुर हुँदा निजलाई पक्राउ गरी प्रचलित कानुन अनुसार हदैसम्मको सजाय गरी पाउँ भनी जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । मिलन पनि बैकिङ कसुरको ठगी सम्बन्धि मुद्दामा हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्