वन अधिकृत साह १० हजार घुससहित पक्राउ



काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बबई सव डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत आनन्दप्रसाद साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

काठको लगत राखिदिएबापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको बुटवल सम्पर्क कार्यालयबाट गएको टोलीले साहलाई रु १० हजार घुससहित पक्राउ गरेको थियो ।

आरोपी साहलाई बिगो असुल गरी कारवाहीको माग गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । –रासस

प्रतिक्रिया दिनुहोस्