भीमदत्त राजमार्गमा सडकको बीचमा खाल्टाखुल्टी बढेपछि जोखिम बढ्यो



डडेलधुरा : सुदूरपशिचम प्रदेशको मुख्य विन्दु सात पहाडी जिल्लाको प्रमुख राजमार्ग भिमदत्त राजमार्ग जोखिम बन्दै गएको छ ।

मर्मतसम्भार नहुँदा सुदूरपश्चिमका पहाडी जिल्लाको प्रमुख राजमार्ग भिमदत्त राजमार्ग जोखिम बन्दै गएको हो ।

सडकका बीचबीचमा ठूलाठूला खाल्टाखुल्टी परेका छन् । खाल्टाखुल्टीका कारण सडक जीर्ण हुँदा यातायात सञ्चालनमा जोखिम बढेको छ ।

भिमदत्त राजमार्गको गैरादेखि साहुखर्क क्षेत्रमा सडकमा बीचबीचमा खाल्टाखुल्टी हुँदा उक्त क्षेत्रमा यातायात सञ्चालनमा जोखिम बढेको छ ।

भिमदत्त राजमार्ग मर्मतका लागि प्रत्येक वर्ष ठेक्का हुने गरेको भए पनि ठेकेदारको अटेरीका कारण सडकको मर्मत हुन नसकेको डिभिजन सडक कार्यालय कुलपाते डोटीले जनाएको छ ।

पटकपटको वर्षा र हिमपातले कालोपत्र उप्किएर राजमार्गका बीचबीचमा खाल्टाखुल्टी परेका छन् । सडक साँघुरो लगातारको हिमपातले सडकबाट हिउँ हटाउनुपर्दा सडक हिलाम्य भइ बीच सडकमा खाल्टाखुल्टी हुँदा दुर्घटनाको जोखिम बढेको चालक बताउँदै आएका छन् ।

साविकको सुदूरपश्चिमका पहाडी जिल्लालाई तराईका जिल्लासँग जोड्ने एकमात्र यो राजमार्गमा सवारी साधनको अत्यधिक चाप हुने गरेको छ ।

केही समययतादेखि यो सडकमा ठूला यातायातका सवारी साधन क्षमताभन्दा बढी भार बोकेर सञ्चालन हुने दुई हजारभन्दा बढी यातायातका सवारी साधन सञ्चालन हुने गरेका छन् ।

हिमपातले शुरु हुने भएकाले सडको अवस्था जीर्ण हुदा तथा वर्षा यहाँका हिउँदेयाममा मङ्सिरदेखि चैतसम्म यस राजमार्गामा भारी हिमापत हुने र वर्षायाम हिलाम्य हुने र चिप्लो सडकमा दुर्घटनाको जोखिम हुँदा पनि सवारी चलाउनुपर्ने बाध्यता रहेको डडेलधुरा–धनगढी नियमित माक्रोबस चलाउँदै आएका रोहित भण्डारीले बताए । –रासस

प्रतिक्रिया दिनुहोस्